Friday, April 10, 2026

नेत्र चापागाईंको आन्दोलन स्थगित  : शिक्षा मन्त्रीबाट शिक्षा क्षेत्रमा सुधारको आश्वासन

संयम दैनिक
0 कमेन्टहरु

शिक्षामा सुधार हुनुपर्छ भन्ने माग राख्दै खुट्टाले उभिएर आन्दोलनमा होमिएका  नेत्र चापागाई शिक्षा सुधारक व्यक्तित्वले आफ्नो आन्दोलन  हिजो  स्थगित गरेका छन्।

उनले नेपाली शिक्षा क्षेत्रमा देखिएका विसंगति र विकृतिलाई हटाउन  माइतिघरमा  आन्दोलन ८ दिनदेखि  गरिरहेका थिए ।  उनले सातै प्रदेशमा दुई दुई  घण्टाको यो आदोलन गर्ने  शिलशिलामा  काठमाडौ आएका हुन् ।  आन्दोलन गरिरहेका चापागाईको खुट्टा सुनिएपछि  उनी वैशाखी टेकेर पनि आन्दोलन गरिरहेका थिए। शिक्षामन्त्रीले उनको माग पूरा हुने कुरामा  शङ्का नगर्न  र यो प्रक्रिया अगाडि बढिसकेकोआश्वासन दिएपछि उनले आफ्नो आन्दोलन स्थगित गरेका छन्।

शिक्षामन्त्रीले संस्थागत विद्यालयले दिनुपर्ने छात्रवृत्ति अनिवार्य गराइएको ,  शिक्षकहरूलाई बिरामी पर्दाको सुविधाको छुटको लागि स्वास्थ्य मन्त्रालयमा जानकारी गराइएको , त्यसैगरी विपद्वाट क्षति भएका विद्यालयहरूलाई पुननिर्माण छिटै गरिने जस्ता सुधारका लागि शंका नगर्न आग्रह गरी शिक्षामन्त्रीले  यसको लागि सबै सरोकारवाला निकायले सहयोग गर्ने अपेक्षा समेत गरेको जनाइएको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00