283
माघ १६ गते प्रेस विज्ञप्ति जारी गरी हिसान तारकेश्वरद्वारा कलेज स्तरीय छात्र तथा छात्रा भलिबल प्रतियोगिता १८ र १९ गते सम्पन्न गर्ने उद्देश्यका साथ सुरु गरिएको कार्यक्रम, माघ २१ गते बसन्त पञ्चमीका दिन समापन कार्यक्रम एन्जल हार्ट माविमै सम्पन्न गरिएको छ। उक्त कार्यक्रममा आठ कलेजका १४ टिम सहभागी भई पुरुषतर्फ ८ र महिलातर्फ ६ टिमले कडा प्रतिस्पर्धा गरेका थिए
छात्र तर्फमा एन्जल हार्ट प्रथम स्थान प्राप्त गर्न सफल हुँदा दोस्रो स्थानको लागि हिमरश्मी हाइस्कुल सुरक्षित भएको छ। त्यसैगरी तेस्रो स्थानमा सेक्रेट हार्ड कलेजले आफूलाई सुरक्षित राख्न सफल भएको छ। अर्को तर्फ छात्रा प्रतिस्पर्धामा हिमरश्मी कलेजले पहिलो स्थान पाएको छ भने दोस्रो स्थान लालीगुराँस नेसनल एकेडेमीले प्राप्त गरेको छ। त्यसैगरी तेस्रो स्थानमा एन्जल हार्ट कलेज सुरक्षित रहेको छ।

प्राध्यापक श्यामकृष्ण बिष्ट प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पुरस्कृत विद्यार्थीहरूले अतिथिबाट मेडल तथा ट्रफी र नगद पुरस्कार तथा प्रमाणपत्र प्राप्त गरेका थिए। उक्त कार्यक्रममा छात्रमा बेस्ट प्लेयरको उपाधि एन्जल हार्टका प्रवीण सुनुवारले पाए भने बेस्ट स्पाइकर उपाधि हिमरश्मिका केशर परियारले प्राप्त गरेका थिए। अर्कोतर्फ वेष्ट ब्लकरको उपाधि भने एन्जर हार्टका तुलसी सुनुवारले हात पारेका थिए ।

त्यसैगरी छात्रातर्फ बेस्ट प्लेयर उपाधि हिमरश्मीकी एलिना रसाइली , बेस्ट स्पाइकर लालीगुराँस नेसनल एकेडेमीकी अनिशा थारु र बेस्ट ब्लकरमा एन्जल हार्टकी सेयर पूजाले आफूलाई सुरक्षित राखे ।

तारकेश्वर -हिसान कलेज स्तरीय भलिबल प्रतियोगितामा हिसान -टोखाबाट राजन अधिकारी ,त्यसैगरी प्याब्सन
काठमाडौँका जिल्ला उपाध्यक्ष धनबहादुर पुन , सहसचिव शिवप्रसाद अर्याल ,ओप्सका अध्यक्ष लोकेन्द्र बहादुर खड्का, तारकेश्वर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी ,सह कोषाध्यक्ष टकबहादुर थापा, भीमसेन क्याम्पस बागलुङका क्याम्पस प्रमुख बालकृष्ण कडेल ,अमृत स्कुलका प्रधान अध्यापक भक्तकुमार श्रेष्ठ, एन्जल्स स्पोर्ट्सका अध्यक्ष खिम थापा, एन्जल्स हार्ट नेसनल स्कुलका उपाध्यक्ष एम बहादुर छन्त्याल, तथा सहायक प्रधान अध्यापक दिलबहादुर बुढाथोकी लगायतको सहभागिता रहेको थियो। न्यू एरा मा . वि . प्रिन्सिपल तथा हिसान इसिए कोर्डिनेटर राजेश रायमाझी तथा हिसान तारकेश्वर पदाधिकारीहरु र खेल प्रेमी जनसमुदायको उपस्थिति र सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा, हिसान तारकेश्वरले विद्यार्थीमा रहेको प्रतिभालाई वृद्धि विकाश गर्न यस्ता कार्यक्रमहरु आफ्नो वार्षिक क्यालेण्डरमा राखेर गर्दै आएको छ भन्दै हिसान तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनले प्रष्ट पार्नुभयो । हिसान तारकेश्वर अध्यक्ष पुनले , सबैले गरेको सहयोग प्रति आभार व्यक्त गर्नुभयो।

