Thursday, April 16, 2026

हिसान तारकेश्वर क्विज कन्टेस्टमा  विजेता एन्जल्स् हार्ट मा .वि. हुँदा  उप -विजेताको पुरस्कार कौशल इङ्लिस मा .वि . को भागमा

संयम दैनिक
0 कमेन्टहरु

हिसान तारकेश्वरको आयोजना तथा सिर्जना ज्ञानसागर मा वि को संयोजनमा सिर्जना ज्ञानसागर कै प्राङ्गणमा हिसान तारकेश्वरको दोस्रो संस्करण क्विज कन्टेस्ट भव्य रुपमा सम्पन्न भएको छ।

फागुन  २३ गते सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर भित्रका ११ र १२ कक्षा पढाइ संचालनमा रहेका तारकेश्वर हिसान  ८ सदस्य विद्यालयमध्य  ६ विद्यालयका  विचमा  प्रतियोगिता सम्पन्न भएको हो ।

हिसान तारकेश्वरले विद्यार्थीलाई बौद्धिक विकासमा   प्रतिस्पर्धी र सक्षम बनाउन यस्ता कार्यक्रम वर्षेनी  गर्दै आएको छ । कार्यक्रममा  प्रमुख अतिथि हिसानका केन्द्रीय सचिव राजेन्द्र अधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभाध्यक्ष भने  हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुन  रहनुभएको थियो ।   बिहानै  ८ बजेदेखि चलेको उक्त कार्यक्रममा क्विज कन्टेस्ट उपाधि एन्जलस् हार्टले जित्न सफल भयो भने दोश्रो स्थानमा  कौशल अङ्ग्रेजी  माविले सुरक्षित राख्यो । त्यसैगरी तेश्रो स्थानमा हिमरश्मि  हाई स्कूल रह्यो र चौथो पुरस्कार लाली गुराँस नेशनल एकेडेमीको पोल्टामा पऱ्यो ।

स्पर्धामा जित हासिल गर्ने  विद्यालयका विद्यार्थीलाई तारकेश्वर हिसान अध्यक्ष लिल बहादुर पुन र हिसान तारकेश्वरका प्राज्ञिक सल्लाहकार राजेन्द्र प्रसाद फुयालले ट्रफि तथा मेडल र सर्टिफिकेटले  पुरस्कृत गरी  हौसला प्रदान गर्नुभएको थियो ।

banner

कार्यक्रम सफल पार्न  हिसान इसिए  कोर्डिनेटर राजेश रायमाझी लगायत पुष्पकमल केसी, युनिक धिताल ,मनिका गुरुङ, रविन तामाङ सिर्जना ज्ञान सागरका ४ जना  विद्यार्थीले सहयोग पुर्‍याउनुभएको थियो। त्यसैगरी कार्यक्रमको सहजीकरणमा प्रारम्भ वर्ल्ड स्कुलका प्राचार्य तथा हिसान तारकेश्वरका सचिव कमल ज्ञवाली रहनुभएको उक्त कार्यक्रममा सिर्जना ज्ञानसागरका स्कूलका  आधारभूत संयोजक जनार्दन  अर्याल , हिमरश्मी हाइ स्कुलका भाइस प्रिन्सिपल, नारायण सेढाई ,कौशल अंग्रेजी माध्यमिक विद्यालयका एडमिनिस्ट्रेटर सूर्य पौडेल ,सिर्जना ज्ञानसागर मा .वि .का कोर्डिनेटर उद्धव फुयालको उपस्थितिले कार्यक्रम  व्यवस्थापनमा सहजता थपेको थियो। त्यसैगरी क्विज कन्टेष्ट   सञ्चालन गर्नका लागि कल्याण अधिकारी र विवेक अर्याल शिक्षकहरूले साथ दिनुभएको थियो।

कार्यक्रमका सभाध्यक्ष तथा हिसान तारकेश्वरका अध्यक्ष  तथा शिक्षासेवी लिल बहादुर पुनले १२ कक्षाको वोर्ड  परीक्षामा उत्कृष्ट पहिलो , दोश्रो र तेश्रो  ३ विविद्यार्थीलाई क्रमशः  १५ हजार, १० हजार र  ५ हजार नगद पुरस्कार दिने व्यक्तिगतरूपमा घोषणा गर्नुभएको छ।  यो पुरस्कार हिसान तारकेश्वर भित्रका विद्यालयका लागि रहेको जानकारी गराउनुभएको थियो ।  उहाँले आफ्नो मन्तव्यमा थप जानकारी दिँदै ,, उहाँले हिसान  तारकेश्वरले  पनि अन्य यस्ता खाले विद्यार्थीको पठनपाठनमा रुचि दिलाउने पुरस्कारहरू घोषणा गर्ने तयारी गरेको पूर्व संकेत  समेत आफ्नो मन्तव्यको क्रममा दिनुभएको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00