Thursday, April 16, 2026

मेगा पब्लिक स्कूलको नव–निर्मित भवनमा चैत्र २२ गते प्रबेश

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं, चैत्र २२

तारकेश्वर–८, शान्तिटोलस्थित मेगा पब्लिक स्कूलमा २०८१ सालको नव–निर्मित भवन प्रबेश समारोह भव्य रूपमा सम्पन्न भएको छ। पञ्चे बाजाको मंगल धुनसँगै विद्यालयले आफ्नो पुरानो गेटबाट नवनिर्मित भौतिक पूर्वाधारयुक्त गेट हुँदै नयाँ यात्राको आरम्भ गरेको हो।

उक्त ऐतिहासिक अवसरमा ७०० भन्दा बढी अभिभावक, अतिथि, स्थानीय सरोकारवाला, समाजसेवी , बुद्धिजिबी, पत्रकार, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। समुदाय, विद्यालय परिवार र सरोकारवालाबीचको हार्दिक सहकार्य, समर्पण र साझा सपनाले यो नयाँ उपलब्धिलाई सम्भव बनाएको हो।

banner

उक्त आधुनिक भवनमा डिजिटल शिक्षण प्रविधि, पुस्तकालय, विज्ञान प्रयोगशाला, बहुउद्देश्यीय हल तथा बालमैत्री कक्षा कोठाहरू समावेश गरिएको छ। यसले विद्यार्थीहरूको समग्र विकासलाई अझ सशक्त र गुणस्तरीय बनाउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ ।

वास्तवमा वर्षेनी एस .ई. ई. र बि . ई ई मा सम्पूर्ण विद्यार्थीलाई उत्तीर्ण गराउन सफल यो विद्यालय तारकेश्वरको एक स्थापित विद्यालय बनिसकेको छ

यो उद्घाटन समारोहले केवल भौतिक पूर्वाधारको सुरुआत मात्र नभई समावेशी शिक्षा, समुदाय–विद्यालय साझेदारी र भावनात्मक सम्बन्धको जगेर्ना गर्ने मार्गचित्र पनि कोरेको छ। विद्यालयले आगामी दिनहरूमा अझ गुणस्तरीय, प्रगतिशील र नवप्रवर्तनशील शिक्षाका कार्यक्रमहरूमार्फत आफ्ना कदमहरू अघि बढाउने प्रतिबद्धता प्रधानाध्यापक अमृत भण्डारीले जनाउनु भएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00