Friday, April 17, 2026

स्प्रिङ भ्याली एकेडेमीमा हस्तलेखन प्रतियोगिता : जिल्लास्तरीय प्रतियोगिताको छनौटको तयारी

संयम दैनिक
0 कमेन्टहरु


तारकेश्वर न प नं २ स्थीत स्प्रिङ भ्याली एकेडेमीमा आज सम्पन्न हस्तलेखन प्रतियोगितामा ३३ विद्यालयका ६४ विद्यार्थीले भाग लिएका थिए|

श्रावण १७ गते सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर न पा वडा नं २ का वडा अध्यक्ष श्री राधाकृष्ण खड्कीको प्रमुख आतिथ्य रहेको थियो । बालबालिकाका अक्षरहरूलाई सुधार गर्ने, अक्षरको महत्त्व बुझाउने तथा जिल्लास्तरीय प्रतियोगिताको छनोटको  उद्देश्यका साथ सम्पन्न भएको उक्त कार्यक्रममा जुनियर तहको  इङ्लिस  र सिनियर तहको नेपाली  हस्तलेखन प्रतियोगितामा विभिन्न  विद्यालयका ४ -४ जना  विद्यार्थीहरू जिल्ला स्तरीय प्याव्सनको यस्तै प्रतियोगिताको लागि छनौट भएका छन| छनोट हुने विद्या र्थी तथा स्कुलहरुमा ,
जुनियर तहवाट
१) यस्मी तमाङ -आगमन स्कुल
२) आश्री सेढाई -स्प्रिङ भ्याली एकेडेमी
३) सागर श्रेष्ठ -एन्जल्स हार्ट
४) सुमिना सुवेदी -लालिगुँरास नेसनल स्कुल

सिनियर तहवाट:
१) बन्दना राई -स्प्रिङ भ्याली एकेडेमी
२) मिङ्सरा लामा – तेजश्वी एकेडेमी
३) दिबिसा सापकोटा -प्रारम्भ वर्ड
४) खुशी अधिकारी – ल्याण्डमार्क एकेडेमी
पर्न सफल भएका छन् ।

कार्यक्रममा तारकेश्वर प्याबसनका पदाधिकारीहरू, विद्यार्थी , शिक्षकहरुको उपस्थिति रहेको थियो ।  

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00