Thursday, April 16, 2026

सर्वशक्ति बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिका वडा नं १० मा रहेको  सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको त्रिवेणी ब्याङक्वेटमा एक समारोहका बीच   ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
बागमती प्रदेशका पूर्व मन्त्री एवं माननीय शैलेन्द्र बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त
साधारण सभामा  पूर्वमन्त्री बज्राचार्यले शुभकामना मन्तव्य राख्दै उहाँले सहकारीहरुमा  देखिएको समस्याका कारण यस क्षेत्र निकै शंकटमा पर्न गएको धारणा व्यक्त गर्नुभएको थियो । त्यसैगरी उहाँले आफ्नो मन्तव्यमा धैर्यता  तथा संयमता अपनाएर अगाडि बढ्न सल्लाह दिनुभएको थियो।

साधारण सभामा सर्वशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा वार्षिक साधारण सभाका सभाध्यक्ष सुरेन्द्र महर्जनले संस्थाको सञ्चालक समितिको तर्फबाट प्रतिवेदन तथा ०८२ / ०८३ को  लागि नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो। बचत र समग्र पुँजीलाई उत्पादन  र बजारमुखी बनाउँदै लैजाने तथा सामाजिक उत्तरदायित्व जस्ता गतिविधिहरू बढाउँदै जाने धारणा समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा तारकेश्वर हिसानका अध्यक्ष लिल बहादुर पुनले सर्वशक्ति सहकारीको साधारणसभाको सफलताको साथै प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।
साधारण सभामा सहकारीका प्रवन्ध निर्देशक अमर महर्जनले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने  लेखा समिति संयोजक पूर्ण प्रसाद पौडेलले आर्थिक प्रतिवेदन पेश गर्नुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक सम्मान, सहकारीका असल कारोबारीहरु तथा कर्मचारीहरु हौसला स्वरूप सम्मानित गरिए , त्यसैगरी एसईई छात्रबृत्ति सम्मान समेत प्रदान  गरिएको थियो ।
साधारणसभामा सहकारीका उपाध्यक्ष यम बहादुर छन्त्यालले उपस्थित पाहुनालाई स्वागत मन्तव्य राख्नुभएको थियो भने सहकारी संस्थाका सचिब दिल बहादुर बुढाथोकीले कार्यक्रमको आकर्षक सहजीकरण  गर्नुभएको थियो ।

सर्वशक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समितिका पदाधिकारीहरूमा अध्यक्ष सुरेन्द्र महर्जन,उपाध्यक्ष यमबहादुर छन्त्याल, सचिव दिलबहादुर बुढाथोकी, कोषाध्यक्ष मनप्रसाद कँडेल,सदस्य लीलबहादुर पुन,सदस्य ईश्वर श्रेष्ठ ,सदस्य ज्ञानमाया कँडेल, सदस्य सविता पौडेल,सदस्य समिरराज भण्डारी रहनुभएको छ ।
लेखा समितिमा संयोजक पूर्णप्रसाद पौडेल, सदस्य सानुदेवी महर्जन तथा  सदस्य अन्जु महर्जन रहनुभएको छ ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00