प्याब्सन कप यू–१६ फुटसलमा ४८ विद्यालय भिड्दै

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं । विद्यालय तहमा फुटसल प्रतिभाको खोजी र विकास गर्ने उद्देश्यले आयोजना हुन लागेको प्याब्सन कप यू–१६ ब्वाइज फुटसल टुर्नामेन्ट–२०८३ भदौ २४ गतेदेखि काठमाडौंमा सुरु भई २७ गतेसम्म चल्ने छ । काठमाडौँ जिल्ला प्याब्सन अर्गनाइजर रहेको र प्याब्सन महानगर -काठमाडौँको संयोजकत्वमा , प्रोग्रेसिभ एजुकेसन फोरमको व्यवस्थापकीय पक्ष रहेको उक्त कार्यक्रममा कान्जीरोबा स्कुल / कलेजले सहयोग र सहकार्य गरेर यो फुट्सल प्रतियोगिता भदौ २४ देखि २७ गतेसम्म कोटेश्वरस्थित काञ्जिरोवा नेसनल स्कुल फुटसल मैदानमा सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा काठमाडौंका विभिन्न स्थानीय तहबाट ४८ निजी / संस्थागत विद्यालयका यू–१६ खेलाडी सहभागी हुनेछन्।

प्रतियोगिताको टाइसिट सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष नवराज भट्टले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान र विकास गर्दै भविष्यका राष्ट्रिय खेलाडी उत्पादन गर्ने मुख्य उद्देश्य प्रतियोगिताको रहेको प्रष्ट पारे ।भट्टले विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै विद्यालयस्तरीय प्रतियोगिताले प्रतिभावान खेलाडीलाई प्रतिस्पर्धाको अनुभव दिलाउने बताए। देश विपत्तिमा परेका बेला निजी तथा संस्थागत विद्यालय सामाजिक उत्तरदायित्वबाट पछि हट्न नसकिने भन्दै प्याब्सन आबद्ध विद्यालयहरू राहत रकम उठाउन तल्लिन रहेको सन्दर्भसमेत प्रस्तुत गरे।प्याब्सन काठमाडौं महानगरका अध्यक्ष गगनसिंह ऐरले खेलकुदले विद्यार्थीमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र टीम भावना विकास गर्ने सन्दर्भ जोड्दै उनले यो प्रतियोगिता जितेर फेसबुकमा फोटो पोस्ट गर्नलाई मात्र नभएर खेलको मूल्य मान्यता र आदर्शलाई बचाइ राख्नलाई पनि हो भन्ने संकेत गरेका थिए।

जिल्ला काठमाडौँका उपाध्यक्ष सूर्यबहादुर भण्डारीले फुटसलले विद्यार्थीलाई आफ्नो प्रतिभा देखाउने प्रभावकारी अवसर प्रदान गर्ने धारणा राखे।प्याब्सन महानगर – काठमाडौंका सचिव आर.सी. भट्टले सहभागी विद्यालयको विवरणसमेत सार्वजनिक गरे। महानगर सचिव भट्टका अनुसार बुढानीलकण्ठबाट ६, चन्द्रागिरिबाट ४, गोकर्णेश्वरबाट ६, कागेश्वरी मनोहराबाट ३, काठमाडौं महानगरबाट १७, कीर्तिपुरबाट २, नागार्जुनबाट ३, शंखरापुरबाट ०, तारकेश्वरबाट ४ र टोखाबाट ३ विद्यालय सहभागी रहने छन्। प्रतियोगिताको विजेता टोलीले २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। तीनै टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई पनि ट्रफी तथा मेडलबाट सम्मान गरिने आयोजकले जनाएको छ।प्रतियोगितामा फिफा रेफ्री माधव खत्रीलगायतको टोलीले रेफ्रीको भूमिका निर्वाह गर्नेछ। सहभागी विद्यालयले ७ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्नेछ प्रेस विज्ञाप्तिमा प्रष्ट पारिएको छ । शिक्षा सँगसँगै खेलकुदलाई पनि अगाडि बढाउनुपर्छ भन्ने धारणासँगै यस्ता खाले प्रतियोगिता महत्त्वपूर्ण हुन्छन् भन्ने धारणाले प्याब्सनले विद्यार्थीहरूमा खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देशलाई चिनाउन सकुन् भन्ने उद्देश्य प्याब्सनले लिएको जनाइएको छ।प्याब्सन महानगर काठमाडौँका अध्यक्ष गगन सिंह ऐरले सभाध्यक्षता गरेको उक्त पत्रकार सम्मेलनमा महानगर प्याब्सनका सचिव आरसी भट्टले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो। उक्त पत्रकार सम्मेलनमा प्याब्सन महानगर काठमाडौँका पदाधिकारीहरू, काठमाडौँ जिल्ला प्याब्सनका पदाधिकारीहरु , पिइएफका पदाधिकारीहरू तथा खेल प्रशिक्षक वर्ग, विभिन्न विद्यालयका प्रिन्सिपल, भाइस प्रिन्सिपल लगायत खेलप्रेमी महानुभावहरूको उपस्थिति रहेको थियो।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00