काठमाडौँ । तारकेश्वर नगर -वडा नम्बर १० मा स्थित एन्जल्स हार्ट एजुकेशन फाउन्डेशनले भोटेकोशी बाढी पीडितलाई एन्जल्स् हार्ट एजुकेशन फाउण्डेशनको सहयोग ५ लाखभन्दा बढी भएको र अर्को छुटटै एन्जल्स मिसन ग्रुपको तर्फबाट ६ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा भएको जनाएको छ । एन्जल्स हार्ट एजुकेशन फाउन्डेशन अन्तर्गत एन्जलस् हार्ट सेकेण्डरी स्कुलले ३ लाख , एन्जल्स् हार्ट नेशनल स्कुलले ६५ हजार ७ सय ६६ , यो फाउन्डेशनद्वारा हिसान अन्तर्गत नगद ३३ हजार ९ सय र १ लाखको चेकको रकम जुटाइएको छ ।

एन्जल्स हार्ट स्पोर्ट्स एकेडेमी एन्ड रिक्रियस्नल सेन्टरको ५ हजार राहत रकम जोड्दा एन्जल्स हार्ट एजुकेशन फाउन्डेशनको तर्फबाट ५ लाखभन्दा बढी रकम भोटेकोशी बाढी पीडित परिवारजनहरूलाई राहत स्वरूप जुटाइएको प्रष्ट पारिएको छ।उक्त एन्जल्स हार्ट एजुकेशन फाउन्डेशनको समग्र रकम काठमाडौं जिल्ला प्याब्सनले जिल्लाका विभिन्न पालिकाबाट संकलित राहत रकमलाई एकीकृत गरी केन्द्रीय प्याब्सनमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने तयारी गरेको छ।त्यसैगरी हिसान अन्तर्गत जुटाइएको १ लाख ३३ हजार ९ सय रकम हिसान काठमाडौँ हुँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने एन्जल हार्ट एजुकेशन फाउन्डेसनका अध्यक्ष लिल बहादुर पुनले बताउनुभएको हो ।

भोटेकोशी हिमबाढीबाट ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै एन्जल्स हार्ट एजुकेशन फाउण्डेशनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्को घडीमा राहत तथा सहयोगमा हातेमालो गर्ने विद्यालय, शिक्षक, अभिभावक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरिएको छ। अर्कोतर्फ सर्वशक्ति वचत तथा ऋण सहकारी संस्थाबाट उपलब्ध १ लाख सहित ६ लाखभन्दा बढी एन्जल्स मिसन ग्रुप अन्तर्गत भोटेकोशी बाढी पीडित परिवारजनलाई राहत स्वरूप जुटाइएको ऱ समग्रमा ६ लाख ४ हजार ६ सय ६६ प्रधानमन्त्री राहत कल्याण कोषमा उक्त रकम जम्मा गरिएको सन्दर्भ सर्वशक्ति बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक लिलबहादुर पुनले संयम दैनिकलाई प्रष्ट पार्नुभएको हो।एन्जल्स मिसन ग्रुपले भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जलीका साथै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
