Thursday, April 16, 2026

JCL U- 12 , 2082 को आठौँ दिनको क्रिकेट प्रतियोगितामा DAV, Oasis GHCA विजयी

संयम दैनिक
0 कमेन्टहरु

एन्जल्स स्पोर्टस् एकेडेमीको आयोजना तथा एन्जलस् हार्ट एजुकेशन फाउन्डेशनको प्रायोजनमा JCL U – 12 , 2082 अन्तर्गत आठौँ दिनको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा
GHCA Hattiban vs DAV Academy मा DAV Academy ले शानदार जित निकालेको छ। टस हारेर ब्याटिङ गरेको DAV ले १५ ओभरमा ७ विकेट गुमाउँदै १०१ रन बनायो, जहाँ बिकेश कुमार जैशवालले ३९ रनको उत्कृष्ट योगदान दिन सफल भए ।

१०२ रनको लक्ष्य पछ्याएको GHCA Hattiban १५ ओभरमा ८ विकेट गुमाउँदै ६८ रनमै सीमित भयो। DAV का बलरहरूले खेलको मर्यादा र अनुशासन प्रदर्शन गर्दै जित सुनिश्चित गरे। खेलको प्लेयर अफ द म्याच विकेश कुमार जैसवाल घोषित भएका थिए ।

Oasis र HCA B बीचको रोमाञ्चक खेलमा Oasis ले ४ रनको साँघुरो जित हात पारेको छ। पहिले ब्याटिङ गरेको Oasis ले १५ ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनायो, जहाँ कप्तान सौगात सेन्चुरीले २६ रन जोडेका थिए ।

७१ रनको लक्ष्य पछ्याएको HCA B १५ ओभरमा ५ विकेट गुमाउँदै ६६ रनमै रोकियो। उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै श्रेशाइल भटृ
१४ रन र २ विकेट सहित खेलका प्लेयर अफ द म्याच घोषित भए।

banner

GHCA र HCA C बीचको खेलमा GHCA ले ७ विकेटको सहज जित निकाल्दै JCL U-12 को सेमिफाइनलमा स्थान पक्का गरेको छ। टस जितेर ब्याटिङ गरेको HCA C ११.२ ओभरमा ५९ रनमै अलआउट भयो, जहाँ आर्यस बस्नेतले १७ रन बनाए।

६० रनको लक्ष्य GHCA ले ९ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्‍यो। शिशिर ओलीले नटआउट ३५ रनको उत्कृष्ट प्रदर्शन गरे। शिशिर ओली ३५ रन र १ विकेटले खेलका प्लेयर अफ द म्याच घोषित भए।

खेलाडीहरूलाई हौसला प्रदान गर्न विशिष्ट अतिथिहरु यसपाल विश्वकर्मा प्रोप्राइटर शान्ति सुनचाँदी पसल, प्लेयर फ्रम भिसिएन सन्जय श्रेष्ठ तथा सुरेन्द्र महर्जन चियरम्यान सर्वशक्ति
को -अपरेटिभ सेभिङ एन्ड क्रेडिट लिमिटेडबाट पाहुनाको उपस्थिति हुँदा खेलको गरिमा बढेको थियो । मंसिर ६ गते फाइनल खेल हुने टुर्नामेन्ट डाइरेक्टर कुशल खड्काले प्रष्ट पार्नुर्भएको छ ।त्यसैगरी खेल सम्पन्न गर्न अतर्राष्टिय रेफ्री रविन्द्र गुप्ताको सहभागिता रहेको छ। खेल लिग प्लस नकआउटको आधारमा भइरहेको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00