Thursday, April 16, 2026

JCL U–12 2082 को चौथो दिनको क्रिकेट प्रतियोगितामा CEC B, KCA र Kings Cricket Academy विजयी

संयम दैनिक
0 कमेन्टहरु

एन्जल्स् स्पोर्ट्स एकेडेमीको आयोजना तथा एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनको प्रस्तुतीमा JCL U–12 (२०८२) अन्तर्गत चौथो दिन तीन खेलहरूका प्रतियोगिता सम्पन्न भएका छन्। .

पहिलो खेलमा CEC B ले Angels B लाई १ विकेट गुमाउँदै ७.२ ओभरमै लक्ष्य पूरा गर्दै जित हात पार्‍यो। पहिले ब्याटिङ गरेको Angels B ले ५१ रन मात्र बनाउन सक्यो। CEC B का इशान जैसवालले उत्कृष्ट बलिङ गर्दै प्लेयर अफ द म्याच जिते।

दोस्रो खेलमा काठमाडौँ क्रिकेट एकेडेमी (KCA) ले Oasis क्रिकेट एकेडेमीलाई २१ रनले हरायो। KCA ले ८४ रन बनाएको खेलमा अनुरोध कार्कीले ३ विकेट लिँदै निर्णायक खेल खेले र प्लेयर अफ द म्याच घोषित भए ।

banner

तेस्रो खेलमा Kings Cricket Academy ले GHCA शान्तिनगरमाथि ६० रनको फराकिलो जित सावित गर्‍यो। कप्तान शन्तनु बस्नेतले अविजित ८२ रनको उत्कृष्ट खेल खेले भने बलिङतर्फ बिराज बिष्टले ४ विकेट लिँदै प्लेयर अफ द म्याच बन्न सफल भए।
एन्जल्स स्पोर्ट्स एकेडेमी तारकेश्वर -९को मैदानमा भइरहेको यो प्रतियोगितामा उपत्यकाबाट १६ वटा टिम प्रतिस्पर्धा गर्दैछन् ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00