प्राइभेट अर्गनाइजेशन अफ स्कुलस्- ओप्सले श्रावण ८ गते सृजना ज्ञानसागर विद्यालयको सभा कक्षमा पत्रकार सम्मेलन गरी सुरु गरेको, सृजना ज्ञानसागर विद्यालयको फुट्सल मैदानमा ९ र १० गते भएको १२ वर्ष मुनिका छात्रहरूको फुट्सल प्रतियोगितामा, २३ विद्यालयहरूले गरेको प्रतिस्पर्धाको समापन कार्यक्रमका सभाध्यक्ष तथा ओप्स इसीए प्रमुख राजन प्रसाद फुयाल रहनुभएको , उक्त कार्यक्रम प्रमुख अतिथि हिसान काठमाडौँका वरिष्ठ उपाध्यक्ष गोपीराज पराजुलीको आतिथ्यतामा सम्पन्न भएको छ।

प्रमुख अतिथिको तर्फबाट बोल्दै काठमाडौँ हिसानका वरिष्ठ उपाध्यक्ष गोपीराज पराजुलीले खेलमा जित हार हुन्छ , निरन्तरता दिँदै जानुपर्छ भनुभयो । प्रमुख अतिथि पराजुलीले प्रतिस्पर्धामा सहभागी सबै विद्यालयहरूका खेलाडीहरूलाईआगामी दिनहरूमा अझै ठूलो सफलता मिलोस् भन्ने कामना गर्नुभएको थियो। यसैगरी खेलाडीलाई शुभकामना तथा हौसला प्रदान गर्दै सेक्रेट हार्टका प्राचार्य बद्री भट्टले२०६० सालमा स्थापना भएको ओप्सले सबभन्दा धेरै ओप्स सदस्य विद्यालयहरूलाई यसपालीको अन्डर १२ को फुटसल प्रतियोगितामा सहभागी गराउन पाएकोमा खुसी व्यक्त गर्नुभएको थियो।छात्रतर्फको अन्डर १२ का विद्यार्थीहरूले यो फुटसल प्रतियोगितामा प्रतियोगीलाई छिचोल्दै प्रथम स्थान हासिल गर्न सेक्रेट हार्ट विद्यालय सफल भएको छ भने दोश्रो स्थानमा हिमरश्मि हाई स्कूल सुरक्षित भयो। त्यसैगरी तेस्रो स्थानमा कौशल इङ्लिस माध्यमिक विद्यालय र कार्यक्रम संयोजक स्कुल सृजना ज्ञान सागर मा .वि .पर्न सफल भएका छन्। विजयी खेलाडीहरूले ट्रफी , मेडल र सर्टिफिकेट प्रमुख अतिथि र अतिथिहरुबाट पुरस्कार प्राप्त गरेका थिए।

श्रावण १० गतेको समापन कार्यक्रममा ओप्सका सहकोषाध्यक्ष तथा इसीए प्रमुख राजेन्द्र प्रसाद फुयाल सभाध्यक्षको तर्फबाट आफ्नो मन्तव्य राख्दै राष्ट्रिय अन्तर्राष्ट्रिय लेवलका कोचबाट कार्यक्रम सम्पन्न भयो भन्दै कोचद्वय माधव खत्री र कोच राजेशप्रति आभार व्यक्त गर्नुभएको थियो। समापन कार्यक्रमका सभाध्यक्ष फुयालले आफ्नो धारणा राख्दै , उहाँले खेलमा हार – जित अवश्य हुन्छ खेलमा अनुशासनको महत्व अझ ठूलो हुन्छ भन्दै खेलाडी विद्यार्थीलाई हौसला प्रदान गर्नुभएको थियो।

सृजना ज्ञानसागरका इसिए प्रमुख नवराज उप्रेतीले उद्घोषण गरेको कार्यक्रममा सृजना ज्ञानसागर विद्यालय व्यवस्थापन समिति सदस्य उदयराज फुयाल ,भाइस प्रिन्सिपल शिवमणि घिमिरे, विद्यालय संयोजक उद्धव फुयाल ,विद्यालय इन्चार्ज पूर्णप्रसाद काफ्ले ,त्यसैगरी आधारभूत तह संयोजक जनार्दन अर्याल सिर्जना ज्ञान सागर विद्यालय परिवारका शिक्षक – पदाधिकारीहरूले आफ्नो भूमिका सकुशल पूरा गरिरहेको देखिन्थ्यो ।

अफिसियलको रुपमा अनिल गुरुङ रहनुभएको उक्त कार्यक्रममा बेस्ट गोलकिपर कौशल इङ्लिस बोर्डिङ स्कुल, वेस्ट प्लेयर हिमरश्मि हाईस्कुल, वेस्ट कोच र हाइएस्ट स्कोरर सेक्रेटहार्टका खेलाडीले हात पारेर आफूलाई अब्बल सावित गरे।

९ र १० गते चलेको समापन कार्यक्रममा ओप्स सदस्य स्कुलका खेल प्रशिक्षक, विद्यार्थी अभिभावक र शिक्षक तथा खेलपेमीहरूको उपस्थिति रहेको थियो।
