Thursday, April 16, 2026

तारकेश्वर नगरपालिकाका पाँच विद्यालय तीज नृत्य प्रतियोगिताबाट काठमाडौँ जिल्ला स्तरीय प्याब्सन नृत्य  स्पर्धाको लागि छनौट

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौ जिल्ला प्याव्सनले सम्प्रेसण गरेका विविध अतिरिक्त क्रियाकलापहरुमध्ये नेपाली महिलाहरुको महान पर्व तीजको उपलक्षमा तारकेश्वर प्याब्सनको आयोजनामा गरिएको तीज नृत्य प्रतियोगिता सम्पन्न भएको  छ ।

२०८२/ ०४ / ३१ गते शनिवार नर्थ पोल एकेडेमीमा आयोजना गरिएको २१ विद्यालयको प्रतियोगिताबाट भाद्र ६ गतेको स्पर्धाको लागि काठमाडौँ जिल्ला प्याव्सन स्तरीय नृत्य प्रतियोगितामा ५ विद्यालय छनौटमा   पर्न सफल भएका छन्  :
१) एन्जल्स हर्ट सेकेण्डरी स्कुल
२) लाली गुराँस नेसनल स्कुल
३) शुभकामना इ. स्कुल
४) कौशल इ .से .स्कुल
५) नर्थ भ्याली इ .स्कुल

सवै  विजयी बिद्यालय र विद्यार्थीलाई बधाई र काठमाडौं जिल्ला प्याव्सनको तीज नृत्य प्रतियोगितामा  पनि बिजयको अग्रिम  शुभकामना  दिएकाे जानकारी  ,  तारकेश्वर नगरपालिका प्याब्सन परिवारका इ.सि.ए. विभाग प्रमुख तथा प्याब्सन तारकेश्वरका उपाध्यक्ष नवराज न्यौपानेले संयम दैनिकलाई  दिनु भएको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00