Thursday, April 16, 2026

तारकेश्वर प्याब्सनद्वारा फुट्सल प्रतियोगिताको छनौटमा चार विद्यालय : न्यू एरा, कौशल, स्प्रिङ भ्याली र सृजना ज्ञानसागर काठमाडौँ जिल्ला प्रतियोगितामा भिड्दै

संयम दैनिक
0 कमेन्टहरु


तारकेश्वर  प्याब्सनको आयोजनामा तारकेश्वरका विद्यालयहरू बीचमा फुट्सल प्रतियोगिता सम्पन्न भएको छ। काठमाडौँ जिल्लाको प्रतियोगितामा भाग लिन जाने टिमको छनौट गर्ने सिलसिलामा यो कार्यक्रम सम्पन्न भएको जनाइएको छ।

श्रावण १७ गतेको फाइनल   स्पर्धापछि   उत्कृष्ट ४ टिम  छानिएका छन्। सृजना ज्ञानसागर विद्यालयको फुट्सल खेल मैदानमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको विचमा १६ र १७ गते  सम्पन्न फुट्सल प्रतियोगिताको परिणाम स्वरूप १९ विद्यालयहरूको प्रतिस्पर्धाबाट ४ विद्यालय छनौटमा परेका हुन् । काठमाडौँ  जिल्ला प्याव्सनले गर्न लागेको फुट्सल प्रतियोगितामा भाग लिन जाने विद्यालयको छनौटमा
न्यु एरा एकेडेमी ,कौशल इङ्लिस स्कुल, स्प्रिङभ्याली एकेडेमी ,सृजना ज्ञानसागर स्कुल पर्न सफल भएका छन् ।

प्रतिस्पर्धाबाट छनौट भएका विद्यार्थीलाई पुरस्कार वितरण  समारोहमा, प्रमुख अतिथि बागमती प्रदेश सदस्य राजेन्द्र प्रसाद फुयालले ,आफ्नो मन्तव्यमा  आउँदा दिनका प्रतिस्पर्धामा  पनि विजयको शुभकामना व्यक्त गर्नुभएको थियो । न्यू एरा एकेडेमीका प्रिन्सिपल तथा प्याब्सन तारकेश्वरका पदाधिकारी राजेश रायमाझीले उद्घोषण गरेको उक्त कार्यक्रममा प्याब्सन  इसिए   सदस्य  राधाकृष्ण अर्यालले खेलाडी विद्यार्थीलाई प्रतिस्पर्धामा अगाडि बढ्दै जानू भनी शुभेक्षा व्यक्त गर्नु भएको थियो भने सभापतिको तर्फबाट तारकेश्वर नगर  प्यावसन अध्यक्ष गोपाल बुढाथोकीले विजयी खेलाडीहरूलाई हौसला प्रदान गर्दै नगरको तर्फबाट काठमाडौँ जिल्ला स्तरीय प्याब्सनको प्रतियोगितामा पनि विजय पाउन प्रयत्न गर्नुपर्छ भन्दै  हौसला प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालयका खेल प्रशिक्षकहरू, विद्यार्थी खेलाडीहरु ,  शिक्षकहरु र संयोजक स्कुल सिर्जना ज्ञानसागरका शिक्षक – कर्मचारीहरु तथा खेल प्रेमीहरुको उपस्थिति रहेको थियो ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00