Friday, June 5, 2026

तारकेश्वरको वडा नम्बर ८ टुसालचौरमा एक महिला मृत अवस्थामा फेला परिन्

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकाको वडा नम्बर ८ को टुसालचौरमा  एक महिला मृत अवस्थामा फेला परेको र उनको घर धादिङ जिल्ला रहेको , हाल शेषमती बस्दै आएको जनाइएको छ। उनी गत राति १२ बजे कोठाबाट हिँडेको उनकी बहिनीले जानकारी गराएकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराको अनुसार  टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका– ३ घर भई हाल तारकेश्वर– ४ शेषमति बस्ने वर्ष  २६ की तिलमाया तामाङ मृत फेला परेको  जानकारी दिएका छन् ।

मृत अवस्थामा भेटिएकी तिलमाया गए रातिदेखि हराएको उनकी दिदी केशरीमाया पुलामीले जानकारी दिएकी हुन्। यो रहस्यमय मृत्युको कारणको बारेमा थप जानकारी आउन बाँकी रहेको जनाइएको छ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00