हिसान (HISSAN) : निजी शिक्षाको साझामञ्च हाइयर इन्स्टिच्युसन्स एन्ड सेकेन्डरी स्कुल्स एसोसिएसन नेपाल (हिसान) नेपालभर सञ्चालनमा रहेका निजी माध्यमिक विद्यालय, उच्च माध्यमिक विद्यालय तथा कलेजहरूको प्रतिनिधिमूलक राष्ट्रिय संस्था हो। निजी शिक्षाको विकास, गुणस्तर अभिवृद्धि र शैक्षिक नीतिमा रचनात्मक योगदान पुर्याउने उद्देश्यले बि.सं. २०५३ मा स्थापित यस संस्थाले देशभरका सदस्य शैक्षिक संस्थाहरूलाई एउटै छातामुनि समेटेको छ।
हिसानले शिक्षाको गुणस्तर सुधार, शिक्षक तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि, शैक्षिक स्रोत–साधनको आदान–प्रदान तथा सदस्य शैक्षिक संस्थाबीच सहकार्य विस्तारमा जोड दिँदै आएको छ। यसका साथै, शिक्षा क्षेत्रसँग सम्बन्धित नीति तथा कार्यक्रम निर्माणका क्रममा सरकारलाई सुझाव र परामर्श प्रदान गर्दै निजी शिक्षाको आवाजलाई सशक्त रूपमा उठाउने कार्य पनि गर्दै आएको छ।
विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाबीच प्रभावकारी सम्बन्ध स्थापना गर्न हिसानले विभिन्न शैक्षिक मेला, अन्तरक्रिया, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गर्ने गर्दछ। यस्ता कार्यक्रममार्फत विद्यार्थीलाई उच्च शिक्षाका अवसरबारे जानकारी दिने र शिक्षालाई समय सापेक्ष, वैज्ञानिक तथा विश्व बजारमा प्रतिस्पर्धी बनाउन सहयोग पुर्याइन्छ।
यसका अतिरिक्त, उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान, पुरस्कार तथा छात्रवृत्तिमार्फत प्रोत्साहन गर्ने कार्यमा पनि हिसान सक्रिय रहँदै आएको छ। निजी शिक्षाको समग्र उन्नयन र संस्थागत सुदृढीकरणका लागि हिसानले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।
तारकेश्वर – हिसान तीव्र गतिमा शैक्षिक उन्नयनमा अघि बढ्दै
२०८० साल भदौ २० गते तारकेश्वर नगरपालिका – ९ स्थित हिमरश्मि स्कुलमा हिसान – तारकेश्वर गठन भएको थियो। तारकेश्वर नगरपालिकाभित्र ११ र १२ कक्षामा अध्यापन गराउने शैक्षिक संस्थालाई समेटेर अगाडि बढेको यो शैक्षिक मञ्च लगातार अगाडि बढ्दै आफ्नो गरिमा बढाउँदै छा १ २ वटा स्कुल / विद्यालय / कलेजहरूको सदस्यता रहेको संगठनले साझा मञ्चको रुपमा काम गर्दै आएको छ । विद्यार्थीको सर्वाङ्गीन विकासमा ध्यान राखेर, हिसान – तारकेश्वरले बेलाबेलामा तारकेश्वर भित्रका हिसानका सदस्य विद्यालयहरू समावेश गरेर इसिए र सिसिएका कार्यक्रमकावीचमा स्वतन्त्र स्पर्धा गराई पुरस्कृत गर्ने गरेको छ । तारकेश्वर नगरपालिकामा मानविकी ,विज्ञान , शिक्षा ,व्यवस्थापन, कानून जस्ता विविध विषयमा विद्यार्थीलाई गुणस्तरीय, वैज्ञानिक , विश्व बजारमा विवन सक्ने , व्यवहारिक शिक्षा प्रदान गर्दै गरेको हिसान तारकेश्वर नगरका अध्यक्ष लिलवहादुर पुनले एक प्रश्नको जवाफमा स्पष्ट पार्नुभयो ।
हिसान तारकेश्वर नगरपालिका आवद्ध अन्तर्गतका ११ / १२ कक्षासम्म सञ्चालनमा रहेका, हिसान तारकेश्वरमा आवद्ध भएता पनि ११/१२ सञ्चालन नगरेका / हिसान तारकेश्वरमा आवद्ध नरहेता पनि ११/१२ पढाइरहेका स्कुल / कलेजहरू भेटिएका छन् । समग्रतामा तारकेश्वरभित्र रहेका हिमरश्मी हाईस्कुल, प्रारम्भ वर्ल्ड स्कुल एण्ड कलेज , न्यू एरा एकेडेमी , एन्जल्स हार्ट सेकेण्डरी स्कुल , लाली गुराँग नेशनल एकेडेमी , सेक्रेड हार्ट सेकेण्डरी स्कुल , ल्याण्डमार्क एकेडेमी , सृजना ज्ञानसागर स्कुल , कौशल इङ्लिश बोर्डिङ स्कुल , काठमाडौं लिङ्कन स्कुल , तेजस्वी स्कुल , सेन्ट जोसेफ बोर्डिङ स्कुल , मिलन धर्मस्थली स्कुल , विद्याश्री पाठशाला जस्ता स्कुलहरू यो अन्तर्गत पर्ने भएका छन्।
अहिलेको हिसान तारकेश्वर नगरपालिका समिति पदाधिकारीहरूमा अध्यक्ष – लिलवहादुर पुन , उपाध्यक्ष – शिव प्रसाद अर्याल , सचिव – कमल प्रसाद ज्ञवाली , सहसचिव – वद्रीनाथ भट्ट , कोषाध्यक्ष – शुष्मा श्रेष्ठ , सह कोषाध्यक्ष – राजेश रायमाझी , लगायत
सदस्यहरू : राजेन्द्र पान्डे , थिर बहादुर वस्नेत , इन्द्रायणी प्रधान रहनुभएको छ ।
त्यसैगरी हिसान तारकेश्वर अन्तर्गतका प्राज्ञिक सल्लाहकारहरूमा : लोकेन्द्र बहादुर खड्का , राजेन्द्र प्रसाद फुयाल तथा जुद्ध बहादुर पुन रहनु भएको छ ।
हिसान तारकेश्वरलाई ७५३ वटा देशभरका पालिकामा उत्कृष्ट अतिरिक्त क्रियाकलाप गर्ने पालिकाको रूपमा यसलाई पालिका स्तरीय उत्कृष्ट समितिको रुपमा सम्मानित गरिएको छ। त्यसैगरी हिसान बागमती प्रदेशद्वारा सम्मानित पालिका कमिटीको रूपमा आफ्नो पहिचान पनि हिसान तारकेश्वरले छोटो समयमै बनाइसकेको छ।
हिसान तारकेश्वरले डा. भरत भण्डारीको संयोजकत्व रहेको अनुसंधान तथा प्रकाशन समिति गठन गरेको सन्दर्भ :
हिसान तारकेश्वरभित्र गठित अनुसन्धान तथा प्रकाशन समितिले शैक्षिक गतिविधि दृष्टिकोण र विचारधाराहरू आदानप्रदान गर्ने आफूभित्र रहेको शैक्षिक विज्ञता तथा अनुसन्धानका विभिन्न आयामहरूलाई पुस्तौ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ वार्षिक कन्फ्रेन्सआयोजना गर्ने जनाएको छ ।अध्यापनमा लामो समय बिताएका गुरुवर्गहरुले अनुसन्धान -खोज र नव प्रवर्तनमा आधारित ज्ञान तथा अनुभवका चरणहरुलाई पुजीकरण र पुस्तान्तरण गर्न यस्ता विराट कन्फ्रेन्सहरूको आयोजना वौद्धिक जगतमा महत्वपूर्ण हुनेछन्’ भन्ने विश्वास गरिएको छ ।
अर्कोतर्फ वर्ष दिनभित्रमा शिक्षाको क्षेत्रमा २०औँ वर्ष पढाइरहेका अनुसन्धान -खोज तथा शैक्षिक उन्नयनमा काम गरिरहेका शिक्षक, शिक्षाविद, पत्रकार समग्र शिक्षाप्रेमीहरूका अनुभव र भोगाइहरूलाई समेटेर वार्षिक एउटा बुलेटिन प्रकाशन गर्ने कुरा पनि हाम्रो भेटघाटमा अनुसन्धान तथा प्रकाशन समितिका संयोजक डा. भरत भण्डारीले प्रष्ट पार्नुभएको थियो।
उहाँले वर्षेनी इसीए तथा सिसिएका कार्यक्रमहरूले विद्यार्थी भाइबहिनीहरूमा पढाइसँगै आफ्ना रुचि र क्षमताका गतिविधिहरूमा भाग लिनुका साथै शैक्षिक मार्गदर्शन तथा अन्तर्निहित क्षमताको विकास र अवसरका लागि युग अनुसार प्रतिस्पर्धात्मक रुपमा आफ्नो क्षेत्रबाट शिक्षा क्षेत्रका प्रतिवद्ध र लगनशील व्यक्तित्वहरूले विद्यार्थीमा भोलिको व्यवहारिक शिक्षाको दूरदर्शिता, नैतिक धरातलमा टेकेर आफ्नो राष्ट्र – माटोको मर्यादाभित्र मौलिक व्यवहारिक शिक्षाको आवश्यकतालाई केन्द्रबिन्दुमा राखेर विद्यार्थीको समयानुकूल प्रतिस्पर्धात्मक क्षमता विकास गर्न हिसान तारकेश्वरको अनुसन्धान तथा प्रकाशन समितिले काम गरिरहने सन्दर्भ पनि हामीलाई संयोजक डा . भन्डारीले कुराकानीमा बताउनु भएको थियो ।
हिसान – तारकेश्वरका अध्यक्ष लिल बहादुर पुनले तारकेश्वरमा उच्च शिक्षाको उन्नयन तथा विकासमा तीव्रता लिँदै गरेको, ७५२ पालिकामा तारकेश्वर हिसान सम्मानित भएको , प्रदेश स्तरीय गतिविधिमा पनि पुरस्कृत भइरहेको सन्दर्भलाई कुराकानीको दौरानमा प्रष्ट पार्दै उहाँले हिसान – तारकेश्वर ११ / १२ को कक्षामाऔपचारिक पढाइको साथसाथै व्यवहारिक शिक्षा तथा खेलकुदलाई पनि अगाडि बढाउँदै किशोरावस्था वरपरका विद्यार्थीहरूको सर्वाङ्गीन विकासमा तारकेश्वर हिसानले ध्यान दिएको धारणा व्यक्त गर्नुभएको थियो।
काठमाडौँको उत्तरी भेगमा रहेको तारकेश्वर नगरपालिका भित्र हिसानले ११ /१२ कक्षाका विद्यार्थीहरूलाई तारकेश्वरमै रोक्ने प्रयास गरेको देखिन्छ। महानगरका विद्यालयहरूसँग प्रतिस्पर्धात्मक रूपमा शिक्षालाई अगाडि बढाउन विविध चुनौतीका बावजुद छोटो समयमा तारकेश्वर नगरपालिका हिसानले ११ / १२ को शिक्षामा गुणस्तरीयतामा फड्को मारेको तारकेश्वर हिसान भित्रका विविध शैक्षिक गतिविधि र परिणामहरूले प्रष्ट पारिसकेका छन् ।
(लेखक samyamdainik.com का सम्पादक हुन् , उनले सम्पूर्ण शिक्षाप्रेमी व्यक्तित्वहरूबाट रचनात्मक सल्लाह – सुझावको अपेक्षा गरेका छन् )
हिसान ( HISSAN ) तारकेश्वरले शैक्षिक उन्नयनमा हिसान केन्द्रकै मर्म अनुसार अग्रता लिँदै
52