काठमाडौं । ‘
पहिचान अपनत्व र अधिकार : दिगो विकासको आधार ‘ भन्ने मूल आशयकाका साथ तारकेश्वर नगरपालिकाको १९ औँ नगरसभा तथा अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाको सभा हलमा आयोजना भएको कार्यक्रममा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको हो।
आषाढ ६ गते तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनको अध्यक्षतामा सञ्चालन भएको नगरसभामा नगर उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, नगरसभा सदस्य, शाखा प्रमुख, कर्मचारी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।कार्यक्रमको प्रारम्भ स्वागत तथा आसन ग्रहणसँगै राष्ट्रिय गान र मौनधारणबाट गरिएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नगर प्रमुख महर्जनले पानसमा दीप प्रज्वलन गरी नगरसभाको औपचारिक उद्घाटन गर्नुभएको थियो।नगरसभामा विभिन्न वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरूद्वारा शुभकामना मन्तव्य राखियो।मुख्य एजेन्डालाई नगर प्रमुख कृष्ण हरि महर्जनले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी नगर उपप्रमुख सृजना बुर्लाकोटीले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम सभासमक्ष पेश गर्नु भएको थियो। बजेट प्रस्तुतिपछि जनप्रतिनिधिहरूबीच छलफल सञ्चालन गर्दै सुझाव संकलन गरिएको थियो। नगरपालिकाले आगामी वर्षका विकास निर्माण, सेवा प्रवाह, सुशासन, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याई ,नगरसभाबाट पारित गरिएको नीति तथा बजेटले आगामी आर्थिक वर्षका विकास गतिविधिको मार्ग निर्देशन गर्ने तारकेश्वर नगरवासीबाटअपेक्षा गरिएको छ।
