तारकेश्वरको उत्तरी भेगको पुरानो निजी विद्यालय नर्थ र्भ्याली इङ्लिस बोर्डिङ स्कुलले आफ्नै प्राङ्गणमा अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारका पूर्व महानिर्देशक तथा नर्थ भ्याली इङ्गलिस स्कुलका वरिष्ठ सल्लाहकार केदार बोगटी प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा नर्थ भ्याली इङ्लिस स्कूलका संस्थापक अध्यक्ष तथा उक्त अभिभावक दिवसका सभाध्यक्ष सानु बाबु बिन्दुकार रहनुभएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य दिँदै, प्रिन्सिपल सरिता बिन्दुकारले यो युगको चुनौती चिर्न सक्ने शिक्षा विषयगत ज्ञान मात्र होइन वरु जीवन उपयोगी शिक्षाको आवश्यकता हो , जो नर्थ भ्याली इङ्ग्लिस स्कुलले प्रदान गर्दै आएको छ भन्नुभयो। उहाँले आफ्नो मन्तव्यमा ३५ वर्षमा स्कुलले उल्लेखनीय प्रगति गरेको सन्दर्भ उल्लेख गर्दै , विद्यालय सफल हुनमा तीन कुरा महत्वपूर्ण हुन्छन् भन्दै विद्यार्थी अभिभावक र शिक्षकले आफ्नो कर्तव्य पूरा गरे विद्यालय आफ्नो लक्ष्य प्राप्तिमा अगाडि बढ्न सक्ने धारणा राख्नुभएको थियो।उहाँले थप आफ्नो धारणा राख्दै , सर्वाङ्गिण विकास नै नर्थ भ्याली स्कुलको मूल उद्देश्य हो र गुणस्तर शिक्षा वृद्धि गर्ने कुरामा नर्थ भ्याली अगाडि रहेको धारणा राख्नुभएको थियो । प्रिन्सिपल बिन्दुकारले आजको युग विज्ञान र प्रविधिको युग हो। स्कुलले रोबोटिक कक्षाहरू सञ्चालन गरिसकेको सन्दर्भ राख्दै, उहाँले विद्यार्थीले कति पढेभन्दा पनि के जानेका छन् भन्ने कुरा आजको युगमा महत्त्वपूर्ण हुने गरेको धारणा प्रष्ट पार्नुभएको थियो। त्यसैगरी प्रमुख अतिथिको मन्तव्यमा प्रमुख अतिथि केदार बोगटीले आफ्नो धारणा राख्दै, उहाँले आजका विद्यार्थी अति भाग्यमानी रहेको प्रसङ्ग राख्दै , उहाँले आफ्नो अभिभावकले घरमा बालबालिकालाई सकारात्मक संस्कारको थालनी गर्न सिकाउनुपर्छ। देशलाई आफ्नो खुट्टामा उभिने नागरिक चाहिएको छ, त्यस्ता नागरिक नर्थ भ्यालीले दिन सक्ने धारणा व्यक्त गर्नुभएको थियो।उहाँले थप आफ्नो भनाइ राख्दै नर्थ भ्याली स्कुल एक पूर्ण पूर्वाधारमा खडा भएको तारकेश्वरको परिचित विद्यालय हो ,यहाँ पढ्न पाउनु बालबालिकाको भाग्य हो भन्दै उहाँले आगामी दिनमा विद्यालय अझ अगाडि बढ्दै जाने विश्वास व्यक्त गर्नुभएको थिय

माघ १९ गते सम्पन्न कार्यक्रममा , विद्यार्थीको तर्फबाट अनमोल गजुरेलले अतिथिहरूलाई स्वागत मन्तव्य दिनुभएको थियो।त्यसैगरी अभिभावकको तर्फबाट इन्दिरा भण्डारीले आफू स्कुलमा आफ्ना बालबालिका पढाउँदा खुसी र सन्तुष्ट रहेको विचार व्यक्त गर्नुभएको थियो।अभिभावकहरूलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले अभिभावकको लागि खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा पहिलो स्थान हासिल गर्न सफल कृति लामिछाने र दोस्रो स्थान प्राप्त गर्ने ममता वानिया रहनुभयो।

विद्यालय व्यवस्थापन समितिका सदस्य राजिव ढकाल , विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु , अभिभावक र शिक्षाप्रेमीले भरिभराऊ प्राङ्गणमा, विद्यार्थीले दिनभर आफ्नो प्रतिभाबाट विभिन्न सांस्कृतिक र मौलिक भेषभूषा पहिरियर अभिभावकहरुलाई मनोरञ्जन दिलाउनु भएको थियो । विद्यार्थीको नृत्य, गीत – संगीत , खेलकुद ,योगा तथा चेतना मूलक नाटकले दर्शकहरु मन्त्रमुग्ध हुनुभएको देखिन्थ्यो । करिब २०० विद्यार्थी पुरस्कृत गरिएको कार्यक्रममा खेल सप्ताहमा स्कुलभित्र भएका विजयी प्रतियोगीलाई मेडल तथा सर्टिफिकेट हौसलास्वरूप प्रमुख अतिथि र अतिथिहरुको हातबाट प्रदान गरिएको थियो ।

विद्यालयले कार्यरत तथा पूर्व कर्मचारीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरेको थियो।उक्त अवसरमा सम्मानित नेपाली मा .वि. शिक्षिका मिना कुमारी सापकोटा त्यसैगरी पूर्व सहयोगी कर्मचारीहरू भगवती दुलाल र राममाया डंगोल कदरपत्रले सम्मानित हुनुभएको थियो ।

आउँदा वर्षहरूमा छिट्टै १२ कक्षासम्म सञ्चालन गर्ने प्रतिबद्धताका साथ काम भइरहेको यस विद्यालयमा कार्यरत मिहेनती र इमान्दार शिक्षक ईश्वर परियारलाई स्कुलले प्रशंसापत्रका साथ सम्मान समेत यही अभिभावक दिवसको दिन गरेको थियो। कदरपत्र र प्रशंसा पत्रमा लेखिएका सम्मानका शब्दहरु भाइस प्रिन्सिपल अनिल विन्दुकारले पढेर सुनाउनु भएको थियो ।
विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने सिलसिलामा यो वर्षका उत्कृष्ट खेलाडीका रूपमा साम सोहाङ लिम्बु र सफल शिव डंगोल पर्न सफल भएका सफल हुनुभयो। त्यसैगरी अनुशासनमा नीतिसा मानन्धर ,सरसफाईमा प्रशंसा वाइवा ,स्कुलको नियमिततामा आयाम गजुरेल अनि त्यसैगरी एकेडेमीक एक्सिलेन्समा अनमोल गजुरेल ,बेस्ट डान्सरमा आशा घले , वेष्ट सींगरमा रिसान तामाङ र बेस्ट क्याप्टेनमा सुहाना गुरुङले आफ्नो नाम लेखाउन सफल भएकाले पुरस्कृत हुनुभएको थियो ।

त्यसैगरी अतिरिक्त क्रियाकलापहरूमा आफ्ना विधामा राम्रो गर्ने शिक्षक कर्मचारीहरूलाई पनि स्कुलको तर्फबाट सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो। बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म कार्यक्रममा अभिभावकहरू धैर्यताको साथ बसिरहनुभएको देखिन्थ्यो ।

स्कुलकी शिक्षिका नमुना लामिछानेले सहजीकरण गर्नुभएको कार्यक्रममा वेला वेला विद्यार्थीले पनि उद्घोषण गरेर आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयको थियो। स्कुलका नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कूलको ३५ सौँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सानु बाबु बिन्दुकारले कार्यक्रम विसर्जन गर्दै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिनुभयो र अझै पनि स्कुल परिवारका शिक्षक, कर्मचारी ,अभिभावकको साथ र सहयोगको खाँचो रहेको छ भन्नुभएको थियो

