काठमाडौं ।
उच्च शिक्षालाई आधुनिक प्रविधि, व्यावहारिक ज्ञान र रोजगारीसँग जोडेर अघि बढ्न चाहने विद्यार्थीका लागि नेपालय एजुकेशन फाउन्डेसनले नयाँ शैक्षिक सत्रका लागि BBA, BCA र BSc CSIT कार्यक्रममा भर्ना आह्वान गरेको छ।
कलंकी मन्दिरसँगै अवस्थित फाउन्डेसनमा सञ्चालन हुने यी शैक्षिक कार्यक्रम राजर्षि जनक विश्वविद्यालयअन्तर्गत रहेका छन्। विद्यार्थीलाई परम्परागत कक्षाकोठाको सिकाइमा मात्र सीमित नराखी प्रविधिको बदलिँदो स्वरूप र बजारमा आवश्यक पर्ने दक्षतासँग परिचित गराउने उद्देश्यले अध्ययनलाई व्यावहारिक तथा प्रविधिमैत्री बनाइएको फाउन्डेसनले जनाएको छ।पढाइसँगै आधुनिक प्रविधिको अभ्यासनेपालयमा अध्ययनरत विद्यार्थीले आफ्नो मुख्य विषयसँगै Artificial Intelligence (AI), Data, Programming, Digital Technology, Research, Entrepreneurship तथा Project-based Learning लगायतका क्षेत्रमा समेत ज्ञान र सीप हासिल गर्ने अवसर पाउनेछन्।व्यवस्थापनतर्फ रुचि राख्ने विद्यार्थीका लागि BBA अन्तर्गत Finance, Marketing, Human Resource Management, Business Management तथा Entrepreneurship लगायतका विषयमा अध्ययन गराइनेछ।त्यस्तै, सूचना प्रविधिको क्षेत्रमा अघि बढ्न चाहने विद्यार्थीका लागि BCA कार्यक्रममार्फत Programming, Software Development, Web Technology, Artificial Intelligence र Application Development जस्ता विषयमा केन्द्रित सिकाइको व्यवस्था गरिएको छ।BSc CSIT मा Computer Science र Information Technology को आधारभूत तथा सैद्धान्तिक पक्षसँगै Programming, Software, Networking, Data, Research र प्रविधिमा आधारित विभिन्न परियोजनामार्फत विद्यार्थीको प्रयोगात्मक दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।डिग्रीपछि के गर्ने भन्ने प्रश्नको तयारीउच्च शिक्षा पूरा गरेपछि विद्यार्थीले आफ्नो क्षमता र रुचिअनुसार करियरको बाटो पहिल्याउन सकून् भन्ने उद्देश्यले नेपालयले शैक्षिक कार्यक्रमलाई करियरकेन्द्रित बनाएको जनाएको छ।यसअन्तर्गत Internship, Industry Exposure, Placement Support, Career Counseling तथा विभिन्न Professional Development Activities सञ्चालन गरिने बताइएको छ।
अध्ययनका क्रममा विद्यार्थीलाई आफ्नो क्षमता पहिचान गर्न, व्यावसायिक वातावरण बुझ्न तथा भविष्यका अवसरका लागि तयार हुन सहयोग पुग्ने फाउन्डेसनको भनाइ छ।जागिर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने सोचनेपालय एजुकेशन फाउन्डेसनले विद्यार्थीमा उद्यमशीलताको संस्कार विकास गर्न पनि विशेष प्राथमिकता दिएको जनाएको छ।
Business Idea Development, Startup Concept, Innovation तथा Project-based Activities जस्ता अभ्यासमार्फत विद्यार्थीका नयाँ अवधारणा र सिर्जनात्मक सोचलाई व्यवहारमा उतार्न प्रोत्साहन गरिनेछ। यसले विद्यार्थीलाई भविष्यमा रोजगारीका लागि प्रतिस्पर्धा गर्ने मात्र नभई आफ्नै व्यवसाय तथा रोजगारीका अवसर सिर्जना गर्न सक्ने दिशामा अघि बढाउन सहयोग गर्ने लक्ष्य लिइएको छ।अनुसन्धान र परियोजनाबाट व्यवहारिक सिकाइनेपालयको अध्ययन पद्धतिमा किताबमा पढेको विषयलाई व्यवहारसँग जोड्ने प्रयास गरिएको छ। विद्यार्थीलाई वास्तविक समस्या पहिचान गर्ने, तथ्य तथा डेटा अध्ययन गर्ने, समाधानका विकल्प खोज्ने र आफ्नो निष्कर्ष प्रस्तुत गर्ने अभ्यासमा समेत सहभागी गराइने बताइएको छ।Research तथा Project-based Learning मार्फत Critical Thinking, Problem Solving, Presentation, Communication र Teamwork जस्ता सीप विकास गर्ने उद्देश्य राखिएको छ।नुवाकोट र रसुवाका प्रभावित विद्यार्थीलाई १०० प्रतिशतसम्म छात्रवृत्तिआर्थिक कठिनाइ तथा प्राकृतिक विपत्तिका कारण उच्च शिक्षा प्रभावित हुन सक्ने विद्यार्थीलाई लक्षित गर्दै फाउन्डेसनले विशेष छात्रवृत्ति कार्यक्रम अघि सारेको जनाएको छ।विशेषगरी नुवाकोट तथा रसुवामा बाढीपहिरोबाट प्रभावित विद्यार्थीका लागि १०० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरिएको फाउन्डेसनको भनाइ छ। साथै, योग्य, प्रतिभाशाली तथा आर्थिक रूपमा सहयोग आवश्यक पर्ने विद्यार्थीका लागि अन्य छात्रवृत्ति र सहुलियतका अवसरसमेत उपलब्ध रहेको जनाइएको छ।सीमित सिटमा भर्ना, इच्छुक विद्यार्थीलाई समयमै सम्पर्क गर्न आग्रहBBA, BCA र BSc CSIT कार्यक्रममा सीमित सिटमा विद्यार्थी भर्ना गरिने भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकलाई समयमै फाउन्डेसनमा सम्पर्क गरी सम्बन्धित कार्यक्रमको योग्यता, शुल्क, छात्रवृत्ति तथा भर्ना प्रक्रियाबारे जानकारी लिन आग्रह गरिएको छ।
नेपालय एजुकेशन फाउन्डेसन स्थान: कलंकी मन्दिरसँगै, काठमाडौं📞 सम्पर्क: ९८०३३९७७८८
