Friday, April 17, 2026

सृजना ज्ञानसागर मा .वि.को  अभिभावक अभिमुखीकरणमा एस. ई.ई दिएका विद्यार्थीको विदाइ पनि

संयम दैनिक
0 कमेन्टहरु


तारकेश्वर स्थित वडा नम्बर ४ मा रहेको सृजना ज्ञानसागर माध्यमिक विद्यालयले चार कक्षादेखि १० कक्षासम्मका विद्यार्थीका अभिभावकहरूका बीचमा बालबालिकाको संरक्षण तथा उनीहरूको भविष्य निर्माणमा एक अभिभावकको   भूमिकामा  कसरी सहयोग तथा उचित हेरचाह  गर्न सकिन्छ भन्ने विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

स्कुलका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयालले स्कुलको वर्तमान गतिविधिलाई प्रकाश पार्दै, उहाँले  भावी रणनीति तथा कार्ययोजनाको बारेमा अभिभावक वर्गसँग आफ्नो धारणा र विचारहरू प्रष्ट पार्नुभएको थियो ।

चैत्र १६ गते नेपालटारमा भएको उक्त कार्यक्रममा बालबालिकासँग सम्बन्धित विज्ञहरूले अभिभावकसँग अन्तरक्रिया तथा अभिभावकको भूमिकाको सन्दर्भलाई जोड्दै आफ्ना धारणाहरु राख्नुभएको थियो। उक्त विषयमा प्रशिक्षण दिदै , शैक्षिक सुधारमा अभिभावकको भूमिका शीर्षकमा प्रशिक्षक ईश्वर सुनारले प्रष्ट पार्नुभएको थियो। यसैगरी डिजिटल जागरुकता स्क्रिन समय व्यवस्थापनको सन्दर्भमा प्रशिक्षक  सुशील उप्रेतीले आफ्नो धारणा अभिभावकको माझमा  प्रस्तुत गर्नुभएको थियो । त्यसैगरी बाल मनोविज्ञान र व्यवहारको विषयमा विजया बिजुक्छेले अभिभावक वर्गसँग   आफ्नो ज्ञान र विज्ञता प्रस्तुत  गर्नु भएको थियो ।

उक्त कार्यक्रममा २०८१ मा एस . ई .ई दिएका ४९ जना  विद्यार्थीहरूलाई विदाइ कार्यक्रम समेत भव्य रुपमा सम्पन्न गरिएको थियो। उक्त  विदाइ कार्यक्रममा विद्यार्थीको आगामी दिनहरुमा प्रगतिको कामनाका गर्दै ,अभिभावकहरूलाई  समेत खादा ओढाएर स्कुलका प्रिन्सिपल  , भाइस प्रिन्सिपल लगायत सिङ्गो स्कूल परिवारले सम्मान गरिरहेको दृष्य रमाइलो  र उत्सवमय देखिएको  थियो।

banner

संस्कारयुक्त गुणस्तरीय शिक्षामा जोड दिइरहेको सिर्जना ज्ञानसागर विद्यालयले अभिभावकसँग, बालबालिकासँग र सिंगो स्कुल परिवार तथा
सरोकारवाला अन्य सदस्यसँग यस्ता असल संस्कार विकास गर्ने , सामाजिक , चेतनामूलक, ज्ञानवर्धक र उपयोगी कार्यक्रमहरू आफ्नो वार्षिक  सेड्युलमा राखेर गर्दै आएको  जनाइएको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00