साउथवेस्टन स्टेट कलेजद्वारा आयोजित १४औं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर व्यवस्थापन -२०२६ टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्यमा उद्घाटन सम्पन्न भएको छ।

साउथवेस्टेन स्टेट कलेजका अध्यक्ष ई वासुदेव विष्टले सभापतित्व ग्रहण गरेको उक्त विज्ञान प्रदर्शनी तथा करियर व्यवस्थापन – २०२६ को उद्घाटन कार्यक्रम ,उपत्यकाका स्कुल ,कलेज, बैंक, ब्लड बैंक ,हस्पिटल, अनुसन्धान संस्था, लगायत अन्य संस्थाहरूको सहभागितामा आफ्नै परिसरभित्र सम्पन्न भएको हो ।

माघ २२ गते सुरु गरिएको यो प्रदर्शनी भोलि माघ २३ गते समापन हुने आयोजकद्वारा जनाइए,को छ।कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै , टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले ,साउथवेस्टन कलेजले देशभर टोखा नगरपालिकालाई शिक्षाको क्षेत्रमा चिनाएको सन्दर्भ उल्लेख गर्दै, उहाँले टोखा नगरपालिकामा पैसा नभएको कारणले कुनै पनि विद्यार्थी पढ्नबाट वञ्चित नगरिने प्रष्ट पार्नुभएको थियो।

कार्यक्रममा उपस्थित पाहुनालाई स्वागत मन्तव्य सरिता शाक्य प्रधानले व्यक्त गर्नुभएको थियो भने विशिष्ट अतिथि काठमाडौँ प्याबसनका अध्यक्ष श्री नवराज भट्टले आफ्नो शुभकामना मन्तव्य विचार राख्दै , उहाँले मोबाइलले बालबालिकालाई खाइरहेको अवस्थामा यस्ता सृजनशील ,विज्ञान प्रदर्शनीले विद्यार्थीले केही नयाँ आविष्कार गरिरहेकोमा स्कुल /कलेजका विद्यार्थीहरूलाई खुलेर प्रशंसा गर्नुभएको थियो। काठमाडौँ प्याब्सन अध्यक्ष भट्टले थप विचार राख्दै , उहाँले साउथवेस्टन स्टेट कलेजले शिक्षामा गरेको लगानी तथा साउथवेस्टन कलेजले पुर्याएको शैक्षिक योगदान गर्व गर्न लायक रहेको धारणा प्रष्ट पार्नुभएको थियो।मन्तव्य दिने क्रममा साउथवेस्टन कलेजका क्याम्पस प्रमुख डाक्टर राजेन्द्र केसीले आफ्नो विचार राख्दै, उहाँले आजका दिनमा शिक्षामा आफैले काम गर्न सक्ने चेतनामा विकास हुनुपर्ने ,अब शिक्षामा लोकल टु ग्लोबल हुनुपर्छ भन्दै उहाँले डिस्कभरीमा आधारित शिक्षा आजको विश्व शिक्षाको आवश्यकता हो भन्ने धारणा व्यक्त गर्नुभएको थियो।

साउथवेस्टन स्टेट कलेजका अध्यक्ष तथा उक्त १४औं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर व्यवस्थापन – २०२६ का सभापति रहनुभएका वासुदेव बिष्टले उद्घाटन कार्यक्रम समापन गर्दै, उहाँले विज्ञानले कहिले पनि हार मान्नु हुँदैन भन्नुभयो । उहाँले विद्यार्थीलाई निरन्तर आफ्नो कर्ममा लागिरहन हौसला प्रदान गर्नुभएको थियो। उपस्थित सबै अतिथि तथा विद्यार्थी, अभिभावक वर्गमा आभार तथा धन्यवाद व्यक्त गर्नुभएको थियो ।
साउथवेस्टन स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछानेले कलात्मक रूपले सहजीकरण गरेको उक्त विज्ञान प्रदर्शनी कार्यक्रममा,आफ्ना -आफ्ना आविष्कार लिएर विभिन्न कलेज / स्कुलका विद्यार्थीहरू प्रतियोगितात्मक रूपले प्रस्तुत भइरहेका छन्। जहाँबाट प्रतियोगिता जित्ने समूह / कलेज / स्कुल नगदसहितले पुरस्कृत हुने आयोजकद्वारा जनाइएको छ।भोलि समापन गरिने उक्त विज्ञान प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूको आविष्कार र सृजनाहरूको एक मूल्याङ्कन समितिबाट पुरस्कारको लागि मूल्याङ्कन भइरहेको जनाइएको छ ।

आजको उद्घाटन सत्रपछि मनोरञ्जननात्मक सांस्कृतिक कार्यक्रमका साथै दिनभर विज्ञान प्रदर्शनी मेलामा अभिभावक, शिक्षाप्रेमी जनसमुदायका साथै विद्यार्थी शिक्षक तथा सर्वसाधारणले प्रदर्शनीको अवलोकन गरिरहेको देखिएको थियो ।
१४औं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर व्यवस्थापन -२०२६ को समारोहमा टोखा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरोत्तम राणा,महाराजगञ्ज वृतका प्रहरी नायब उपरीक्षक नवराज पोखरेल,केन्द्रीय प्याब्सनका वरिष्ठ केन्द्रीय सह अध्यक्ष गोपाल आचार्य,केन्द्रीय प्याब्सनका सदस्य अनिल पराजुली,काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा ,टोखा प्याब्सनका अध्यक्ष अरुण कुमार केसी, तारकेश्वर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी ,बुढानीलकण्ठ प्याब्सनका अध्यक्ष राधेश्याम श्रेष्ठ ,टोखा प्याब्सनका निवर्तमान अध्यक्ष टंककुमार चापागाईं ,काठमाडौँ प्याब्सनका सचिव श्रीकृष्ण भण्डारी , काठमाडौँ प्याप्सनका उपाध्यक्ष धनबहादुर पुन ,कलेज सञ्चालक समितिका सदस्यहरू ,सहायक क्याम्पस प्रमुख श्री हरिसिंह के सी ,कार्यक्रम निर्देशक गणेश महरा , साउथवेस्टन स्कुलका प्रधानाध्यापक रमेश अधिकारी, कलेज बोर्ड अफ डाइरेक्टरहरू ,साउथवेस्टन स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका क्याम्पस प्रमुख ई. दीपक धामीलगायतका विभिन्न विद्यालयबाट उपस्थित प्रिन्सिपल ,शिक्षक -विद्यार्थीहरू अभिभावक तथा शिक्षासेवी व्यक्तिहरूको उपस्थितिले १४औं साउथवेस्टन विज्ञान प्रदर्शनी तथा करियर व्यवस्थापन -२०२६ कार्यक्रमको उद्घाटनको गरिमा र महत्व अझ बढाएको थियो ।
भोलि माघ २३ गते समापनमा मनोरञ्जनात्मक कार्यक्रमका साथै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरिने आयोजकद्वारा जनाइएको छ ।
