Thursday, April 16, 2026

एन्जल्स हार्टस् नेशनल स्कुलमा स्पोर्टस मिट – २०८२ सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

एन्जल्स हार्ट नेशनल स्कुलमा छैटौँ वार्षिक स्पोर्ट मिट – २०८२ आज एक समारोहका विच आफ्नै स्कुल परिसरमा  सम्पन्न भएको छ ।

तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत एन्जल्स हार्ट नेशनल स्कुलको आयोजनामा लिलबहादुर पुनको सभाध्यक्षतामा छैठौ वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको हो । नेपाल ओलम्पिक कमिटीका सचिब राम श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यालयमा आयोजित खेलकुद कार्यक्रममा कक्षा नर्सरी देखी १० सम्मका विद्यार्थीहरु बिच ४० वटा खेलमा करिव ४०० भन्दा बढी विद्यार्थीका वीचमा  प्रतिष्पर्धा भएको विद्यालयका प्रिन्सिपल  टक बहादुर थापाले जानकारी दिनुभयो ।

कार्यक्रममा सुभकामना मन्तव्य राख्दै नेपाल ओलम्पिक कमिटीका  सचिब राम श्रेष्ठले खेलकुदको विकासमा विद्यालयले ठुलो योग्दान  दिएको चर्चा गर्दै उहाँले  खेलकुद कार्यक्रमको पूर्ण सफलताको कामना व्यक्त गर्नुभयो ।


कार्यक्रममा विद्यालयकी एकेडेमीक डाईरेक्टर रेखा शाही हमालले उपस्थित पाहुनालाई स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यालयका अध्यक्ष तथा उक्त छैठौँ वार्षिक खेलकुद कार्यक्रमका सभाध्यक्ष लिल बहादुर पुन, काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुन, तारकेश्वर खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी, सर्वशक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुरेन्द्र महर्जन लगायत विद्यालयका सञ्चालकहरु, शिक्षक, कर्मचारीहरु, अविभावकहरु, विद्यार्थी तथा खेलप्रेमी जनसमुदायको उपस्थिति रहेको थियो ।  उक्त कार्यक्रममा खेलाडी  विद्यार्थीलाई अस्ट्रेलियामा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन जानुअघि नेपालको झण्डा फराइएको भेष्ट सहितको पहिरनमा  उनीहरूलाई अस्ट्रेलियाली भूमिमा देशको नामराखी फर्किन शुभकामना समेत व्यक्त गरिएको थियो। एन्जल्स् हार्ट नेसनल स्कुलका केही  खेलाडी विद्यार्थीहरू अर्को हप्ता खेल खेल्नको लागि अस्ट्रेलिया जाने तीव्र तयारी गरिरहेको समेत स्कुल परिवारले जनाएको छ ।

पुष २६ गते नर्सरीका सानासाना भाइबहिनीहरूदेखि लिएर कक्षा १० सम्मका विद्यार्थी भाइबहिनीहरूले  मेडल सर्टिफिकेट  अतिथि गणहरुबाट प्राप्त गरेका थिए। आयोजक स्कुलले जनाए अनुसार केही खेलहरु आन्तरिक रूपमा  पहिले नै खेलाइएको थियो भने केही खेलहरू पुष २६ गते बिहानैदेखि प्रतिस्पर्धा गराई  समग्र विजयी  विद्यार्थी खेलाडीहरूलाई पुरस्कृत गरिएको थियो। कार्यक्रमको सहजीकरण इम कुमारी गुरुङ, सृजना बस्नेत तथा सिम्रन महर्जनले पालैपालो गर्नुभएको थियो ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00