काठमाडौँ शिक्षालय सेकेन्डरी स्कुलले २६औ वार्षिक उत्सव तथाअभिभावक दिवसका साथै सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी कार्यक्रम एक समारोहका बीच सम्पन्न गरेको छ।
फागुन १६ गते शुक्रवार सम्पन्न कार्यक्रमको सभाध्यक्ष स्कुलकै प्राचार्य केदार प्रसाद गुरागाई रहेको उक्त कार्यक्रमकाे प्रमुख अतिथि बागमती प्रदेश भौतिक तथा पूर्वाधार विकासमन्त्री अमन मास्के रहनुभएको थियो। प्रमुख अतिथि माननीय मन्त्री मास्केलेआफ्नो मन्तव्य राख्दै, उहाँले काठमाडौँ शिक्षालयको पढाइको गुणस्तरीयता र स्कूलका शिक्षकहरूको खुलेर प्रशंसा गर्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा संस्थागत विद्यालयको अभावमा शिक्षाको समग्र गुणस्तर अझ खस्किँदै जाने भएकाले आजको युग सुहाउँदो शिक्षा संस्थागत विद्यालयहरूले दिँदै आएको सन्दर्भ औल्याउनु भएको थियो।

काठमाडौँ शिक्षालयकी भाइस प्रिन्सिपल किशोरी कार्कीले उपस्थित अभिभावक तथा अतिथिहरुलाई २६ औँ वार्षिक उत्सव मनाइरहँदा आफ्नो विचार राख्दै, उहाँलेआजको शिक्षा कक्षा कोठाभित्र मात्र सीमित नरहने वरु आफ्नो प्रतिभा देखाउने थलो पनि विद्यालय नै हो भन्दै काठमाडौँ शिक्षालयलाई युग सुहाउँदो विद्यालय बनाउन सबैको प्रयास जारी रहेको सन्दर्भ उल्लेख गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा बालबालिकाले अतिथिहरुलाई स्वागत गीत, राष्ट्रिय गीत संगीतका कार्यक्रम, स्वागत नृत्यबाट तथा स्वागत मन्तव्यबाट पाहुनाहरूलाई स्वागत गरेका थिए।

विद्यालयका प्रबन्ध निर्देशक मधु कार्कीले विद्यालयका गतिविधि प्रष्ट पार्दै, उहाँले घरभन्दा पछिको समग्र सिकाइ नै विद्यालय हो भन्दै , उहाँले सुसंस्कार र असल आचरण दिन सक्ने विद्यालयलाई खास अर्थमा गुणस्तरीय विद्यालय भन्न सकिने धारणा व्यक्त गर्नुभएको थियो। निर्देशक कार्कीले विद्यार्थी फेल हुनु राम्रो होइन , र काठमाडौँ शिक्षालय र समग्र शिक्षा प्रणालीले विद्यार्थी फेल नहुने प्रणालीको विकास गर्नुपर्ने धारणा समेत व्यक्त गर्नु भएको थियो।

साना साना बालबालिकादेखि लिएर९-१० मा पढ्ने बालबालिकाले पनि विविध विषय र शीर्षकमाअभिभावकको माझमा आफ्नो विचारलाई, मन्तव्य मार्फत व्यक्त गरेका थिए। त्यसैगरीअभिभावकको तर्फबाट उपासना श्रेष्ठले आफ्नो विचार व्यक्त गर्दै, उहाँले बिल्डिङ अथवा भौतिक संरचना असल हुनु मात्र असल अर्थमा विद्यालय होइन वरु स्कुलभित्र सिकाइने नैतिकता, सत्यता ,मानवता र सुन्दरताले मात्र विद्यालय असल अर्थमा विद्यालय बन्दछ भन्दै, उहाँले आफ्ना बालबालिकाले पढ्ने गरेको विद्यालयको गतिविधि नियालेर आफ्ना बालबालिकालाई पढाउनुपर्ने अवधारणा व्यक्त गर्नु भएको थियो।

काठमाडौँ शिक्षालय सेकेण्डरी स्कूलको यो उत्सवमय कार्यक्रममा बालबालिकाले विभिन्न जातजाति र भेषभूषाका मौलिक, सांस्कृतिक, पहिरणमा आफ्नो प्रतिभा गीत -संगीत , नाटक, खेलकुद ,योगा लगायत विभिन्न विधामा दिनभर पाहुनाहरूलाई मनोरञ्जन दिलाएका थिए । अभिभावकले खचाखच भरिएको काठमाडौँ शिक्षालयको प्राङ्गणमा आफ्ना बालबालिकाको प्रतिभा नियाल्न बेलुकैसम्म अभिभावकहरुले धैर्यता देखाइरहेको देखिन्थ्यो।

स्कुलका शिक्षक विष्णु मरासिनीले सहजीकरण गरेको उक्त कार्यक्रममा स्कुलकै छात्रा प्राश्ना मुडवरी र प्रणिशा प्याकुरेलले पनि कार्यक्रमको उद्घोषण सकुशल रुपमा गरेका थिए ।

प्रि वोर्ड एसईईमा ताराकेश्वर शैक्षिक मञ्चका २५ सदस्य विद्यालय मध्यबाट सर्वोत्कृष्ट अङ्क ल्याएर प्रशन्न सोडारी र कृति भण्डारी पुरस्कृत हुने अवसर पाएका छन् । प्रथम स्थानमा प्रशन्न सोडारी र द्वितीय स्थानमा कृति भण्डारी उत्कृष्ट विद्यार्थीको रुपमा परेपछि ,काठमाडौँ शिक्षालय स्कूलको गरिमा बढाएको कारण थप हौसला स्वरूप उनीहरुलाई प्रमुख अतिथि भौतिक तथा पूर्वाधार विकास मन्त्रीको हातबाट नगद सहित पुरस्कार प्रदान गरिएको थियो।

त्यसैगरी सभाध्यक्षको रुपमा रहनुभएका स्कुलका प्राचार्य केदार प्रसाद गुरागाईंले सभा विसर्जन मन्तव्य राख्दै , उहाँले काठमाडौँ शिक्षालय सेकेण्डरी स्कुलले सकेसम्म विद्यार्थीहरूलाई युगसँग प्रतिस्पर्धा गर्न सक्ने र विश्व बजारमा बिक्न सक्ने शिक्षाको नीति लिएको धारणा स्पष्ट पार्नुभएको थियो। उहाँले आफ्नो मन्तव्यमा विद्यालयको प्रगति, उन्नतिमा सहयोग गर्ने सबै शुभचिन्तक ,अभिभावक शिक्षक र समस्त स्कुल परिवारका सदस्यहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो।

कार्यक्रममा विद्यालय संचालक समितिका अध्यक्ष
मनोज कार्की, बरिष्ठ गायक तथा समाजसेवी ध्रुवराज खड्का र स्कूल संचालक समितिका समस्त पदाधिकारीहरू ,ओप्स अध्यक्ष लोकेन्द्रबहादुर खड्का, तारकेश्वर शैक्षिक मञ्चका अध्यक्ष झनकराज शर्मा , तारकेश्वर नगर प्याप्सन उपाध्यक्ष नवराज न्यौपाने लगायत विभिन्न स्कूलका प्रिन्सिपल , भाइस प्रिन्सिपल , लोक गायक जीवन परियार , समाज सेवी , संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिले कार्यक्रमको शोभा बढाएको थियो ।


