Thursday, April 16, 2026

गोकर्णेश्वर लाइट एकेडेमीद्वारा आयोजित अन्तर – विद्यालय जिएलए क्विज मेनिया सिजन – ४ प्रतियोगिताको उपाधि मिल्यो कौशल इङ्लिस स्कुललाई

संयम दैनिक
0 कमेन्टहरु

गोकर्णेश्वर लाइट एकेडेमी ( जिएलए ) द्वारा आयोजित उपत्यका अन्तर -विद्यालय क्विज मेनिया सिजन -४ सम्पन्न भएको छ।उक्त प्रतियोगितामा ४२ विद्यालय सहभागी भएतापनि १८ उत्कृष्ट टिम सेमिफाइनलमा पुगेका र शनिबार १८ टिममध्येबाट ६ टिम छानिएर फाइनलको प्रतिस्पर्धाद्वारा पुरस्कृत भएको जनाइएको छ।

बालबालिकाको ज्ञानको दायरा तथा उनीहरूको बौद्धिक विकासलाई अगाडि बढाउन गरिँदै आएको जिएलए क्विज मेनिया प्रतियोगिताको अन्तिम स्पर्धाको चरणमा कौशल इङ्लिस स्कुलले सबैलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै विजेता बनेर उपाधि हात पाऱ्यो । यसैगरी ग्रीन भिलेज एजुकेसन फाउन्डेसनले द्वितीय पुरस्कार हात पाऱ्यो र वीट्च किड्स स्कुल तृतीय स्थानमा हासिल गर्न सफल भयो। यो प्रतिस्पर्धामा फुलब्राइट स्कुल, हिम रश्मी हाईस्कुल र गोठाटार इङ्लिस सेकेन्डरी स्कुलले सान्त्वना पुरस्कार जित्न सफल भए ।

बालबालिकाको बौद्धिक विकास तथा उनीहरूको ज्ञानको दायरा फराक बनाउन महत्वपूर्ण भूमिका खेलेकोकार्यक्रममा विजयी टिमलाई क्रमश : १० हजार ७ हजार र ५,००० नगदसँगै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। फाइनल चरणमा पुगेका ६ टिम नै ट्रफी मेडल र प्रमाणपत्रले प्रमुख अतिथि तथा विशिष्ट अतिथिद्वारा सम्मानित भएका थिए । उक्त प्रतियोगितामा दर्शकतर्फ सर्वाधिक प्रश्नको उत्तर मिनील्यान्ड स्कुलका रिदम पुडासैनी तथा विट्च किड्स स्कुलकाआर्यन पुडासैनी विशेष पुरस्कार थाप्न सफल भए ।

banner

प्याब्सन केन्द्रीय सह – अध्यक्ष गोपाल आचार्य प्रमुख अतिथि तथा काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्ट विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा प्याब्सन काठमाडौँका उपाध्यक्ष सूर्य बहादुर केसी, सूर्य बहादुर भण्डारी, धन पुन, आरबी अधिकारी, सचिव कृष्ण भण्डारी, सह -सचिव शिव अर्याल, दिनेश पाण्डे, काठमाडौँ माहानगर अध्यक्ष गगन सिंह ऐर ,कागेस्वररी अध्यक्ष – कृष्ण गौतम लगाएत प्याब्सनका जिल्ला, नगर पदाधिकारी तथा सदस्यहरुका साथै निसानका पदाधिकारी तथा सदस्यहरु तथा विभिन्न विद्यालयका प्राचार्यहरू तथा शिक्षक विद्यार्थीहरुको बाक्लो उपस्थितिले बालवालिकाहरूलाई हौसला प्रदान गरिरहेको थियो। कार्यक्रमका सभाध्यक्ष तथा स्कुलका प्रिन्सिपल सौर्यनाथआचार्यले क्विज मेनिया सिजन -5 उपत्यका व्यापीबाट राष्ट्रव्यापी बनाउने संकेत गर्नुभएको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00