देशभरिका ५ लाख १४ हजार ७१ विद्यार्थीहरू आज चैत्र ७ गतेदेखि माध्यमिक शिक्षाको परीक्षामा सहभागी भएका छन्। नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सबै परीक्षार्थीहरूलाई सफलताको शुभकामना सन्देश दिएका छन् ।
देशभरका २०८० केन्द्रमा बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन भइरहेको छ।

यसैगरी जापानमा र नेपालको केन्द्रीय कारागार तथा दैलेख कारागारबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ । जापानको समय नेपालको समयसँग फरक पर्ने भएकाले विद्यार्थीलाई छुट्टै प्रश्नपत्र बनाएर पठाइएको छ। अर्को तिर ९० दिन भित्र रिजल्ट निकाल्ने पहिलोपटक परीक्षा बोर्डले गरेको निर्णयले असार ७ गते परीक्षाफल प्रकाशित गरिने जानकारी गराइएको छ ।