तारकेश्वर नगर प्याब्सनद्वारा आयोजित कक्षा ५ सम्मको ‘अङ्ग्रेजी हस्तलेखन प्रतियोगिता’ ( English Handwriting Competition ) मा एभरेष्ट इङ्लिस सेकेन्डरी स्कुलकी कक्षा ४ की छात्रा प्रिज्मा कुमारी शाह द्वितीय स्थान प्राप्त गर्न सफल भएकी छन्। विगतमा प्रदेशस्तरीय हस्तलेखन प्रतियोगितामा आफ्नो हस्तलेखन कला कौशल देखाएर १ लाख ५० हजार विद्यार्थीहरूसँग प्रतिस्पर्धा गरी पुरस्कृत भएकी प्रिज्मा कुमारी शाहले पटकपटक स्कुलको गौरव बढाएको सन्दर्भ स्कुलका प्रिन्सिपल नारायण पोखरेलले हामीलाई प्रष्ट पारे । प्रिज्मालाई सुन्दर अक्षर लेख्न मार्गदर्शन गर्ने गुरु / गुरुआमाप्रति पनि स्कुल परिवारले सम्मान व्यक्त गरेको छ ।

उनको सानैदेखिको सुन्दर अक्षर बनाउने मेहनती स्वभावले सबैको ध्यान फेरि आकर्षित गरेको छ। विद्यालयको नामलाई अझ उज्यालो बनाउन सफल प्रिज्मालाई विद्यालय परिवारले हार्दिक बधाई दिँदै उनको निरन्तर प्रगतिको साथै उज्ज्वल भविष्यको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।
