Thursday, April 16, 2026

फागुन २४ गते हिमरश्मि हाई स्कूलको २४औँ  वार्षिक उत्सव तथा अभिभावक दिवसको आयोजना आफ्नै स्कुल परिसरमा  

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वरको  ९ मा स्थापित हिमरश्मि हाइस्कुलले आज एक समारोहका बीच २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आफ्नै परिसरमा  भव्य रुपमा सम्पन्न गरेको छ।

फागुन २४ गते सम्पन्न भएको उक्त कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्षको रुपमा रहनुभएका तीर्थबहादुर गुरुङ तथा प्रमुख अतिथि बागमती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्रीअमन मास्के रहनुभएको थियो ।

प्रमुख अतिथिको तर्फबाट बोल्दै वागमती प्रदेशका  भौतिक पूर्वाधार विकासमन्त्रीअमन मास्केले स्कुलका प्रतिभाशाली विद्यार्थीहरूको प्रशंसा गर्दै ,उहाँले  हिमरश्मी हाइस्कुलले शिक्षामा महत्वपूर्ण योगदान दिएको सन्दर्भ औल्याउनुभयो।  उहाँले  आफू  यही  क्षेत्रको जनप्रतिनिधि हुनाको कारण हिमरश्मि विद्यालयप्रति आफूले पनि गर्व गर्ने, विद्यार्थी, अभिभावक र त्यहाँ पढाउने गुरु गुरुआमाहरुले पनि गर्व गर्नुपर्छ भन्नुभयो।  अर्को सन्दर्भमा उहाँले कुनै पनि कार्यकारी पदमा रहेको व्यक्तिले लोभ लालच गरेन भने ६० प्रतिशत  काम सफल हुँदो रहेछ, ४० प्रतिशत भनेको योजना र डेलिभरीमा भर पर्दो रहेछ भन्नुभयो।

हिमरश्मि हाइ स्कुलका प्लस टु कोडिनेटर लक्ष्मण पाण्डेले आफ्नो स्वागत मन्तव्यमा अतिथिहरुलाई स्वागत गर्दै ,उहाँले नेपालको शैक्षिक उन्नयनमा हिमरश्मीले आफूलाई अब्बल प्रमाणित गरेको धारणा व्यक्त गर्नुभएको थियो, त्यसैगरी कोर्डिनेटर पाण्डेले आफ्नो संस्कार ,सभ्यता र संस्कृतिलाई शिक्षासँग जोड्नुपर्ने र त्यही अभियानमा विद्यालय लागि परेको प्रष्ट पार्नुभएको थियो।

banner

तारकेश्वर नगर प्रमुखले विशिष्ट अतिथिको रुपमा आफ्नो मन्तव्य राख्दै, हिमरश्मि हाइ स्कुलले नगरभरि खेलकुदबाट ख्याती कमाएको र शिक्षामा पनि अब्बल रहेको प्रसङ्ग औल्याउँदै ,उहाँले असल व्यक्तिको जन्म आमाको कोखबाट मात्र होइन सङ्घर्षबाट हुने गर्दछ भन्नुभयो ।

त्यसैगरी स्कुलका प्राचार्य  लोकेन्द्र बहादुर खड्काले स्कुलको गतिविधिको बारेमा अभिभावक वर्गलाई मन्तव्य राख्दै , उहाँले जीवनोपयोगी शिक्षाको लागि स्कुलले प्रयत्न गरेको प्रष्ट पार्नुभयो । उहाँले८ – १० -१२ कक्षासम्म विद्यालयले उत्कृष्टता दिन सकेको सन्दर्भ व्यक्त गर्नुभएको थियो। त्यसैगरी २०५८ सालदेखि इसिए र सिसिएमा प्रथम हुने विश्वासको साथ गतिविधिहरु भइरहेको पनि प्रष्ट पार्नुभएको थियो। प्राचार्य खड्काले श्रीलंका, बेलायत ,अमेरिका  जस्ता आफूले गरेको भ्रमणबाट विद्यालयलाई राष्ट्रिय मात्र होइन ,अन्तर्राष्ट्रिय स्तरमा पनि  जोड्न सफल भएको  प्रसङ्ग उल्लेख गर्दै, उहाँले  कतिपय विद्यार्थीहरुले अन्तर्राष्ट्रिय सम्बन्धकै कारण स्कलरशिपमा विदेशमा पढ्न पाउने सम्भावनाको पूर्व संकेत समेत दिनुभएको थियो।

न्यूटन स्कूलका प्राचार्य राम के .सी . तथा सम्मानित हुने अभिभावकको तर्फबाट विजया रिजालले   शुभकामना मन्तव्य व्यक्त   गर्नुभएको थियो । विद्यार्थीहरुले अभिभावक तथा अतिथिहरूलाई स्वागत नृत्य, गीत – संगीत ,शुभकामना मन्तव्यबाट  भरपुर स्वागत व्यक्त गरेका थिए । अर्कोतिर दिनभर विभिन्न मौलिक, सांस्कृतिक, विविध  जातजातिका नृत्यहरू, मौलिक भेषभुषामा नाच ,गान बजान, तथा खेलकुद, नाटक, योगाका कार्यक्रमहरू  विद्यार्थीद्वारा प्रस्तुत गरिएका  थिए।

विद्यालयले विगत लामो समयदेखि स्कुलको दुःख सुखमा सहयोग पुर्‍याइरहेका ७ जना अभिभावकहरूलाई सम्मान गरेको थियो। उक्त सम्मानपत्रमा लेखिएका शब्दहरू उद्घोषक एम पी अमागाईले पढेर सुनाउनुभएको थियो।विद्यालयले गत वर्ष एसइइमा  ४ जीपीए ल्याउने विद्यार्थीहरूलाई पनि सम्मान गरेको थियो। विएलइमा तारकेश्वर नगरमा उत्कृष्ट अङ्क ल्याउने  विद्यार्थीहरूलाई पनि विद्यालयले सम्मान गरेको थियो। त्यसैगरी सम्मानित हुने स्रष्टा सम्मान अन्तर्गत पूर्व काठमाडौँ प्याबसन अध्यक्ष प्रेम राई परीक्षित पनि सम्मानित हुनुभएको थियो।

विद्यालयले तयार पारेको,’  हिमरश्मिको सपना र सफलता एक अभिलेख ‘ नामक पुस्तक विमोचन  प्रमुख अतिथि तथा अतिथिहरूको हातबाट सम्पन्न गरिएको थियो।

हिमरश्मि विद्यालयले सामुदायिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा चित्रकला प्रतियोगिता तथा  वक्तृत्व कला प्रतियोगिता  सामुदायिक विद्यालयका विद्यार्थीका बीचमा सम्पन्न गरेको थियो , उक्त प्रतियोगितामा प्रथम, द्वितीय ,तृतीय र सान्त्वना पुरस्कार पाउने पुरस्कृत सबै विद्यार्थी भाइबहिनीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

शैक्षिक प्रदर्शनीका दिन गेममा भाग लिएका अभिभावकहरुलाई प्रथमलाई १००% छुट दोश्रो ७५% छुट र तेश्रो लाई ५०% र चौथो पुरस्कार पाउनेलाई २५%छुट भएको घोषणाका साथै  प्रमाणपत्र पनि प्रदान गरिएको थियो।

कार्यक्रममा विशेष अतिथि प्रोफेसर श्याम बिष्ट, हिसान तारकेश्वरका अध्यक्ष लिलबहादुर पुन, महानगर प्याप्सन उपाध्यक्ष रविन बस्नेत ,बागमती प्रदेश प्याब्सन सदस्य राजेन्द्र प्रसाद फुयाल ,  काठमाडौँ प्याब्सनका कोषाध्यक्ष डिएन अधिकारी,
तारेकेश्वर नगर प्याप्सनका उपाध्यक्ष नवराज न्यौपाने ,तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी ,काठमाडौँ विश्वविद्यालय स्टिम हेड  नवीन मरासिनी ,काठमाडौँ प्याब्सन  सहसचिव तथा कौशल माविका प्रिन्सिपल शिवप्रसाद अर्याल ,तारकेश्वर प्याब्सनका सचिव झनकराज शर्मा लगायत विभिन्न शैक्षिक तथा सामाजिक संघसंस्थाका पदाधिकारीहरू, विद्यार्थीहरू, अभिभावकहरू, तथा सामुदायिक विद्यालयका प्रिन्सिपल ,भाइस प्रिन्सिपल, शिक्षक साथीहरूका साथै,समाजसेवी र समाजका गन्यमान्य व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा  बढाएको थियो।

एम . पि अमागाईले सहजीकरण गरेको उक्त कार्यक्रममा , विद्यार्थीहरुले पनि निर्धक्क  सहजीकरण गरेका थिए । स्कूल  व्यवस्थापनका अध्यक्ष तथा चौबीसौँ वार्षिक उत्सव कार्यक्रम एवंअभिभावक दिवसका सभाध्यक्ष तीर्थ बहादुर गुरुङले कार्यक्रम विसर्जन गर्दै , उहाँले सबै स्कुल परिवार ,शुभचिन्तक र अभिभावक, एवं विद्यार्थी वर्गमा धन्यवाद दिँदै, उहाँले आउँदा दिनमा सबैको सहयोगको अपेक्षा गर्नुभएको थियो। 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00