तारकेश्वर नगरपालिकाको वडा नं ५ मा रहेको एक स्थापित जेनियल मोर्डन एकेडेमीले विश्व वातावरण दिवस सम्पन्न गरेको छ।

जेष्ठ २२ गते सम्पन्न उक्त कार्यक्रममा आफ्नो स्कुल परिसरभित्र र बाहिरसमेत रहेका प्लास्टिकका कागजहरू जम्मा गरेर जेनियल मोर्डन एकेडेमी परिवारले वातावरण दिवस सम्पन्न गरेको छ।विद्यार्थी भाइबहिनीहरूसँग स्कुलका सीइओ , अध्यक्ष, तथा प्रिन्सिपल लगायत शिक्षकहरूको संलग्नतमा बालबालिका र समाजलाई सरसफाइको महत्त्व दर्शाउँदै उक्त कार्यक्रम सम्पन्न गरिएको थियो।
यस्ता खाले कार्यक्रमले बालबालिकालाई आफ्नो वरपरको वातावरण र मानव जीवनको गहिरो सम्बन्ध हुन्छ भन्ने कुरा स्कुलका सीइओले प्रकाश पार्नुभएको थियो ।
