Friday, May 29, 2026

सिद्धार्थ मोडेल सेकेण्डरी स्कुललाई २०८२ को ४ जीपीएको उपलब्धिसँगै शत प्रतिशत सफलताको प्राप्ति

संयम दैनिक
0 कमेन्टहरु

३१ वैशाख, काठमाडौं ।

तारकेश्वर नगरपालिकामा अवस्थित सिद्धार्थ मोडेल सेकेण्डरी स्कुलले एसईई ब्याच २०८२ मा
४ .oजीपीएसहित शत प्रतिशत नतिजामा उत्कृष्ट परिणाम हासिल गरेको छ ।

शान्त वातावरणमा अध्यापन गराइरहेको यो विद्यालयबाट एसईई परीक्षामा सहभागी १३ जना विद्यार्थीमध्ये १ जनाले ४.० जीपीए ल्याउन सफल भएका छन् । प्राप्त जानकारी अनुसार समग्रमा ६ जना विद्यार्थीले भने ३.६१ देखि ४.० जीपीए ल्याउन सफल हुँदा , ५ जना विद्यार्थीले ३.२ देखि ३.६० जीपीए प्राप्त गरेका छन् । यसैगरी २ जना विद्यार्थीले २.८ देखि ३.२ जीपीए प्राप्त गरेका छन् ।

भूकम्प प्रतिरोधात्मक भवनमा संस्कारयुक्त , वैज्ञानिक तथा व्यवहारिक शिक्षा अध्यापन गराइरहेको तारकेश्वर नगरपालिकामा हरेक वर्षको एस ई.ई. तथा बिईईमा उत्कृष्ट परिणाम दिन सक्ने विद्यालयमा सिद्धार्थ मोडेल सेकेण्डरी स्कूल पनि रहेको छ । स्कुल परिवारले २०८२ व्याचको यो उत्कृष्ट परिणाम ल्याउने समस्त सफल विद्यार्थीलाई हार्दिक बधाई तथा उज्जवल भविष्यको कामना गरेको छ । विद्यार्थीलाई हौसला प्रदान गर्दै ,मार्गदर्शन गर्ने अभिभावक तथा शिक्षकप्रति पनि स्कुल परिवारले धन्यवाद ज्ञापन गरेको छ ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00