तारकेश्वर नगरपालिकामा रहेको हिमरश्मि हाई स्कुलले नेपालटारमा अभिभावक अभिमुखीकरण कार्यक्रम आयोजना गरी भव्य रूपमा सम्पन्न गरेको छ।
प्रमुख अतिथि प्राध्यापक श्यामकृष्ण बिष्ट रहनुभएको उक्त कार्यक्रममा प्रमुख अतिथिको तर्फबाट आफ्नो विचार व्यक्त गर्दै , उहाँले यस्ता अभिमुखीकरण कार्यक्रमले विद्यालय शिक्षादेखि नै सानासाना बालबालिकालाई अभिभावकद्वारा हेरचाह गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको थियो। त्यसैगरी आफ्नो मन्तव्यको क्रममा प्रमुख अतिथि विष्टले प्रदेशसम्म व्यापक नाम कमाएको हिमरश्मि विद्यालयले अझ व्यापक बनाउँदै जान अभिभावक, शिक्षक र व्यवस्थापन समूहले मेहनत गर्नुपर्ने धारणा व्यक्तगर्नुभएको थियो ।
जेठ ३ गते , स्कुलका व्यवस्थापन समितिअध्यक्ष तीर्थबहादुर गुरुङ सभापति रहेको यो कार्यक्रममा स्कुलका फाउण्डर प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै , उहाँले अभिभावक वर्गलाई स्कुलको अभिन्न अङ्गको रूपमा लिएको धारणा व्यक्त गर्नुभएको थियो। यही क्रममा प्रिन्सिपल खड्काले असल नागरिक बनाउने तथा संस्कारसहितको शिक्षा दिने र अभिभावकको अनुहारमा खुसी ल्याउने गरी विद्यार्थीहरूलाई अब्बल बनाउन विद्यालयल अगाडि बढ्दै गरेको विश्वास व्यक्त गर्नुभएको थियो।
मोटिभेस्नल स्पिकर डा. ताराप्रसाद गिरीले बच्चाहरूलाई बढाउन , हुर्काउन अभिभावकको ठूलो भूमिका रहन्छ भन्ने सन्दर्भका चित्रसहितका उदाहरणहरू देखाउँदै आफ्नो प्रस्तुति दिनुभएको थियो। मोटिभेस्नल स्पिकर डाक्टर ताराप्रसाद गिरीले हरेक अभिभावकले आफ्ना सन्तानसँग समय बिताउनुहोस र बालबाबालिकाको लागि सानो कुरा पनि ठूलो भइदिएको हुन्छ भन्ने कुरा थाहा पाउनुहोस् भन्दै , उहाँले बालबालिका कुलतमा लागेर बिग्रिसकेपछि सुधार्न भन्दा बिग्रन नदिनु असल अभिभावकको कर्तव्य हो भन्नुभएको थियो।
एम .पी सरले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा अभिभावकको तर्फबाट निलम सिलवाल र राधिका भण्डारीले पनि आफ्नो विचार व्यक्त गर्नुभएको थियो। स्कुलका विज्ञान टिचर भुपेन्द्र खड्काले स्कुलको एपको बारेमा प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा५०० भन्दा माथि अभिभावकहरूको उपस्थिति रहेको थियो। स्कुलले बर्षेनी यस्ता कार्यक्रमहरु अभिभावक , शिक्षक र विद्यार्थीको हितमा आयोजना गर्दै आएको छ। कार्यक्रममा प्रतिभाशाली विद्यार्थीहरूले नृत्य तथा गीतसंगीतबाट अभिभावक र अतिथिहरूलाई मनोरञ्जन दिलाउनु भएको थियो।
कार्यक्रममा स्कुल परिवारका भाइस प्रिन्सिपल कोर्डिनेटर तथा शिक्षक -शिक्षिका र कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हिमरश्मि हाई स्कुलद्वारा अभिभावक अभिमुखीकरण कार्यक्रम सम्पन्न
189