काठमाडौं ।
एन्जल्स हार्ट फाउन्डेसनको आयोजनामा शनिबार सम्पन्न एन्जल्स हार्ट तेक्वान्दो थ्रिल फेस्ट प्रतियोगिताको उपाधि आयोजक एन्जल्स हार्टले जितेको छ।मनमैजुस्थित एन्जल्स हार्टको प्राङ्गणमा आयोजित प्रतियोगितामा आयोजक टोलीले ७ स्वर्ण, १ रजत र ४ कांस्य पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भयो।प्रतियोगितामा काभ्रेस्थली तेक्वान्दो डोजाङ ४ स्वर्ण, २ रजत र ३ कांस्य पदकसहित दोस्रो स्थानमा रह्यो भने ढल्कु तेक्वान्दो डोजाङ २ स्वर्ण, १ रजत र २ कांस्य पदक जित्दै तेस्रो स्थान हासिल गर्न सफल भयो।व्यक्तिगततर्फ पुरुषतर्फ एनबीएफका सुशान्त पाण्डे उत्कृष्ट खेलाडी घोषित भए भने महिलातर्फ धौलागिरी तेक्वान्दो डोजाङकी रोजिना तामाङ उत्कृष्ट खेलाडी चुनिइन्।प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, एन्जल्स हार्ट फाउन्डेसनका अध्यक्ष लिलबहादुर पुन, उपाध्यक्ष यमबहादुर छन्त्याल, अपेनकी केन्द्रीय उपाध्यक्ष रेखा हमाल, एन्जल्स हार्टका प्रिन्सिपल धनबहादुर पुन, नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामा तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीलगायतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।