जिल्ला प्याब्सन काठमाडौँले भदौ ६ गते अन्तर -विद्यालय तीज नृत्य प्रतियोगिता भव्य रुपमा सम्पन्न गरेको छ। ६३ वटा विद्यालयहरू सहभागी भएको उक्त प्रतियोगिताको प्रमुख अतिथि पूर्व सभामुख ओमसरी घर्ती रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता काठमाडौँ जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्टले गर्नुभएको थियो।
त्यसैगरी उक्त कार्यक्रममा लोक गायिका बिमला राई सम्मानित हुनु भएको थियो । प्रज्ञा प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रम६३ सहभागी प्रतियोगी विद्यालयवाट दशौं स्थानसम्म प्राप्त गर्ने विद्यालयलाई पुरस्कृत गरिएको थियो।
बाह्रौ संस्करणको यो तीज नृत्य अन्तर -विद्यालय प्रतियोगिताले हाम्रो मौलिक लोक संस्कृतिको रक्षा गर्छ भन्दै जिल्ला प्याबसन अध्यक्ष नवराज भट्टले विद्यार्थीको सर्वाङ्गीन विकासमा यस्ता अतिरिक्त क्रियाकलापका कार्यक्रमहरूले विद्यार्थीहरूमा उनीहरूको क्षमताको विकास गर्न थप सहयोग पुर्याउँछ भन्नुभयो, उहाँले निजी विद्यालयको शैक्षिक योगदानको अवमूल्यन गर्न नहुने प्रष्ट पार्नुभएको थियो। उहाँले शिक्षा विधेयकको सन्दर्भ जोड्दै ,तीजको संघारमा हामी निजी विद्यालय सञ्चालकहरू आन्दोलनमा जानुपर्ने बाध्यता आइलागेको छ भन्नुभयो ।
प्रतियोगितामा पुरस्कृत हुने १० विद्यालयहरूमध्ये
प्रथम स्थानमा – कौशल इङ्लिस बोर्डिङ स्कुल ,
दोश्रो स्थानमा -एन्जल लर्ड सेकेन्डरी हाइ स्कुल
तेश्रो स्थानमा – फ्युजन एकेडेमी
चौथो स्थानमा – इलिक्सर एकेडेमी
पाँचौ स्थानमा – लालीगुराँस नेसनल एकेडेमी
छैटौँ स्थानमा – क्यानभास वसन्त ऋतु स्कुल
सातौँ स्थानमा – एन्जल्स हार्ट सेकेन्डरी स्कुल
आठौँ स्थानमा -नवोदित विद्याकुञ्ज सेकेन्डरी स्कुल
नवौँ स्थानमा – कोटदेवी पब्लिक ई. सेकेण्डरी स्कुल
दशौं स्थानमा – नोवल एकेडेमी पर्न सफल भए ।
काठमाडौँ प्याबसनका सल्लाहकार रिता राई दाहालले यो प्रतियोगिताको अवधारणा ल्याएको , कार्यक्रमको संयोजनमा काठमाडौँ प्याब्सन उपाध्यक्ष इशु गुरुङ रहेको तथा काठमाडौँ जिल्ला प्याब्सनका पदाधिकारी तथा प्रदेश एवम् नगर पालिका स्तरीय पदाधिकारीहरू, नृत्य प्रशिक्षक र विभिन्न स्कुलका प्रधानाध्यापकहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो।
काठमाडौँ जिल्ला प्याब्सन सह -सचिव शिवप्रसाद अर्यालले सहजीकरण गरेको उक्त कार्यक्रममा तीज प्रतियोगिताको संयोजन गर्नुभएकी काठमाडौँ जिल्ला प्याबसनकी उपाध्यक्ष इसु गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने काठमाडौँ जिल्ला प्याब्ससनका उपाध्यक्ष तथा इसिए प्रमुख धनबहादुर पुनले बालबालिकालाई हौसला प्रदान गर्दै सहभागी सबै विद्यालयहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो।