प्याब्सन काठमाडौँको महानगरको संयोजनमा प्याब्सन काठमाडौँ जिल्लाद्वारा आगामी श्रावण श्रावण २३ ,२४ र २५ गते प्याब्सन जिल्ला स्तरीय अन्तर – विद्यालय फुट्सल प्रतियोगिता २०८२ सुकेधारा स्थित बागमती स्कुलमाआयोजना हुने एक पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।
१९ गते गोंगबु प्याब्सन कार्यालयमा जारी यो पत्रकार सम्मेलनमा प्रतियोगितामा ४५ विद्यालय सहभागी गराइने जसमध्ये उत्कृष्ट प्रथम द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालय एवं विद्यार्थीलाई क्रमश रु २५ हजार रु १५ हजार रु १० हजार नगद ,ट्रफी ,प्रमाणपत्र र मेडलले पुरस्कृत गरिनेछ भने उत्कृष्ट खेलाडीहरुलाई पनि व्यक्तिगत रुपमा उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई मेडलसहित ट्रफीद्वारा सम्मान गरिनेछ। यस प्रतियोगितामा रेफ्रीको भूमिकामा फिफाका रेफ्री माधव खत्री लगायत रेफ्रीहरूको टिम रहने जनाइएको छ ।
प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौँ प्याब्सन अध्यक्ष नवराज भट्टले खेल सम्पन्न गर्नलाई कुल ५ लाख ११ हजार ५ सय अनुमान खर्च राख्दै प्रति विद्यालयबाट ७ हजारको दरले सहभागिता शुल्क बुझाउनुपर्ने जानकारी समेत दिनुभएको छ।
प्याब्सन जिल्ला स्तरीय अन्तर -विद्यालय फुट्सल प्रतियोगिताको प्रेस विज्ञप्ति कार्यक्रमको सहजीकरण प्याब्सन महानगर सचिव तथा इसिए विभाग सदस्य आर. सी. भट्टले गर्नुभएको थियो भने
फुट्सल प्रतियोगिता १५ मिनेटको हुने समय सीमा रहेको प्रष्ट पारिएको छ । प्रतियोगितामा हेल्थ डेस्कको लागि मेडिकेयर र ओम अस्पतालले सहकार्य गर्ने जनाइएको छ । सबै दिनका खेलहरू बिहान ७ बजे सुरु भई बेलुका ५ बजेसम्म सञ्चालन गरिने पत्रकार सम्मेलनमा प्रष्ट पारिएको छ। खेलको नियम ,सन्दर्भ – सीमा मिचेर फर्जी खेलाडीहरू आएमा ५० हजार फाइन सहित तीन वर्ष खेल्न नपाउने गरी कारवाही गरिने आयोजकद्वारा जनाएको छ।
२३ गते बिहान उद्घाटन हुने कार्यक्रममा रेफ्रि सुजन तामाङले कुन टिम कुनसँग खेल्ने गोलाप्रथाद्वारा छुट्याउन सहजीकरण गर्नुभएको थियो। त्यसैगरी उक्त पत्रकार सम्मेलनमा काठमाडौँ जिल्ला प्याब्सनका पदाधिकारीहरु, महानगर प्याब्सनका पदाधिकारीहरू, प्याब्सन सदस्य स्कुलका प्रिन्सिपल , पत्रकारहरु लगायत सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
प्याब्सन जिल्ला स्तरीय फुट्सल प्रतियोगिता – २०८२ सुकेधारा बागमती स्कुलमा आयोजना गरिने
45