ऐतिहासिक तारकेश्वर नगरपालिकाको पुरानो स्कूल एन्जल हार्ट माध्यमिक विद्यालयले एक समारोहका बीच ४२ औँ अभिभावक दिवस आफ्नै विद्यालय परिसरभित्र सम्पन्न गरेको छ।

एन्जल हार्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा ४२ औँ अभिभावक दिवसका सभाध्यक्ष लिल बहादुर पुन रहेको कार्यक्रममा प्रमुख अतिथि म्याग्दी जिल्ला संघीय सांसद खम बहादुर गरबुजा रहनुभएको थियो । प्रमुख अतिथि संघीय सांसद खम बहादुर गरबुजाले आफ्नो मन्तव्य राख्दै , उहाँले एन्जल हार्ट स्कूलले शिक्षाको क्षेत्रमा ४२ वर्षसम्म योगदान दिइरहेकोमा खुसी व्यक्त गर्दै उहाँले अझैँ विद्यालय अगाडि बढ्दै जाने शिक्षामा गुणस्तरीयता थप्दै जाने विश्वास व्यक्त गर्नुभयो।

फागुन १० गते शनिवार सम्पन्न कार्यक्रममा, काठमाडौँ हिसानका वरिष्ठ उपाध्यक्ष गोपीराज पराजुली त्यसैगरी तारकेश्वर वडा नम्बर ९ का सदस्य श्याम महर्जन लगायत विभिन्न शैक्षिक तथा संघसंस्थाका पदाधिकारीहरू , अभिभावकहरु , विद्यार्थी तथा शिक्षा प्रेमी महानुभावहरुको वाक्लो उपस्थिति रहेको थियो ।

स्कूलले यो ४२ औँ अभिभावक दिवसको छेको पारेर पाँचदेखि ५-१० – १५ वर्षसम्म लगातार काम गरिरहनु भएका शिक्षक तथा कर्मचारीहरूलाई नगद तथा सम्मान पत्रले सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रममा विद्यार्थी भाइबहिनीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेर , विभिन्न सांस्कृतिक, मौलिक ,भेषभुषा पहिरिएर , गीत – संगीत ,नृत्य , खेलकुदका माध्यमबाट उपस्थित अभिभावक तथा अतिथिहरुलाई दिनभर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
स्कुलका प्रिन्सिपल धनबहादुर पुनले आफ्नो मन्तव्य राख्दै, उहाँले उपस्थित अभिभावकहरुलाई आजको युगसँग स्पर्धा गर्न सक्ने विद्यार्थी तयार गर्न सक्ने सामर्थ्य एन्जल हार्टले राख्छ भन्दै , उहाँले विद्यार्थीलाई सृजनशील बनाउन हामी तत्पर छौ भन्नुभएको थियो।

कार्यक्रम सञ्चालकका रूपमा प्रतिभाशाली विद्यार्थीहरू सुश्री जेसीका पौड्याल र नयन मगरले आकर्षक रुपले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा वेला वेला अरु विद्यार्थीहरुले पनि सहजीकरणमा सहयोगगर्नु भएको थियो ।

फागुन ९ गते स्कुल परिसरभित्रै भव्य शैक्षिक प्रदर्शनी गरिएको एन्जल हार्ट माध्यमिक विद्यालयमा बालबालिकाको आविष्कार र उनीहरूको विषयगत अध्ययनका सिर्जनाहरूलाई बालबालिका, अभिभावक तथा शिक्षा प्रेमीहरूबाट दिनभर अवलोकन गरिएको थियो ।

अभिभावक दिवस कार्यक्रमका सभाध्यक्ष लिल बहादुर पुनले आफ्नो कार्यक्रम विसर्जन मन्तव्य राख्दै , उहाँले एन्जल हार्ट माध्यमिक विद्यालयले बालबालिकाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान दिँदै आएको र भोलिका दिनहरूमा पनि यो विद्यालयले शिक्षामा गुणस्तरीयता र अध्ययन अनुसधानको पक्षमा काम गर्दै जाने संकल्प व्यक्त गर्नुभएको थियो।त्यसैगरी सभाध्यक्ष पुनले उपस्थित सम्पूर्ण अभिभावक स्कुल परिवारका सदस्यहरू र अतिथि गणहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको थियो।