Monday, April 13, 2026

तारकेश्वर  नगर प्याब्सन अध्यक्षमा सर्वसम्मतले गोपाल बुढाथोकी निर्वाचित

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं ।

तारकेश्वर   नगर प्याबसनले  तारकेश्वर नगर  प्याब्सन अध्यक्ष धनवहादुर पुनको  सभाध्यक्षतामा तेश्रो तारकेश्वर नगर प्यावसन अधिवेशन सम्पन्न गरेको छ।

मंसिर  २६ गते  शेषमतीमा ५८ विद्यालय  सदस्य विद्यालय रहेको  नगर प्याब्सन  तारकेश्वरका अध्यक्ष धनबहादुर पुनले आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै  २०७८ असोज  २ गते  निर्वाचित कार्यसमिति ३ वर्षे  कार्यकाल समाप्त भएको घडीमा  , सवल  नयाँ  कार्यसमिति निर्वाचित हुने आशा  व्यक्त गर्दै  सबै आफ्नो कार्यकालमा सहयोग पुऱ्याउने  विभागीय जिम्मेवारी  लिएका  व्यक्तित्वहरु  तथा रचनात्मक भूमिका खेल्ने सबैलाई  स्मरण गर्दै , धन्यवाद दिँदै उहाँले पुराना कामहरुलाई नयाँ निर्वाचित  कार्यसमितिले पूरा गर्ने  विश्वास व्यक्त गर्नुभएको  थियो।   उहाँले आफ्नो  तेश्रो अधिवेशनको  कार्यकालको  प्रतिवेदन  पेश गर्दै उपस्थित पाहुनाहरु लाई स्वागत  मन्तव्य  समेत  राख्नुभएको  थियो ।

काठमाडौँ जिल्ला  प्याब्सनका  अध्यक्ष प्रेम कुमार राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा  शुभकामना  मन्तव्य मन्तव्य दिँदै ,  उहाँले  तारकेश्वर नगर  प्याब्सन  अब्बल रहेको  र  यो अझैँ  मजबुत हुने कुरामा विश्वास व्यक्त गर्नुभयो , उहाँले निजी विद्यालय खोलेर अघि बढ्नु मौलिक अधिकार हो भन्नुभयो ।  शुभकामना   दिने  अतिथिहरुमा तारकेश्वर नगर प्याब्सनका  प्राज्ञिक सल्लाहकार  शिव अर्याल  ,  गोकर्णेश्वर  नगर  प्याबसनका तर्फबाट  डिएन  शिवाकोटी  , त्यसैगरी  काठमाडौँ सचिवालय  सदस्य  हरिकृष्ण श्रेष्ठ ,  काठमाडौँ  प्याब्सन जिल्ला सचिव  सुदर्शन  थापा , काठमाडौं जिल्ला कार्यसमिति प्याब्सन  उपाध्यक्ष रिता राई -दाहाल सहभागी  हुनुभएको  थियो ।

तारकेश्वर नगरपालिका प्याब्सन  सचिव  नवराज त्यौपानेले  सहजीकरण गरेको उक्त कार्यक्रममा सांगठनिक  प्रतिवेदन सार्वजनिक गर्दै , उहाँले सहकार्य , परामर्श , सह- अस्तित्वमा रहेर अघि बढ्ने परिपाटी नै  आजको आवश्यकता हो भन्नुभयो।  त्यसैगरी  तारकेश्वर  नगर प्याब्सनका  कोषाध्यक्ष झनकराज  शर्माले  खर्च आम्दानीको  लेखाजोखा प्रतिवेदन मार्फत  प्रष्ट पार्नु भएको थियो ।

banner

पहिलो चरणको कार्यक्रम समापनपछि   नवराज भट्ट निर्वाचन आयुक्त रहेको निर्वाचन मण्डलका  सदस्यद्वय कृष्ण भण्डारी र अनिल पराजुलीको  टिमले नव निर्वाचित पदाधिकारीको नामावली  सार्वजनिक गर्नुभएको थियो  ।  लामो सकसपछि सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिका पदाधिकारीमा  अध्यक्ष – गोपाल  बुढाथोकी ,  उपाध्यक्ष – नवराज न्यौपाने , सचिव – झनकराज शर्मा ,   कोषाध्यक्ष  –  बद्रिनाथ भट्ट ,  सहसचिव – नारायण पोख्रेल ,  सह कोषाध्यक्ष – राधाकृष्ण अर्याल ,  सह सचिव – राजेश रायमाझी , सह कोषाध्यक्ष – टक बहादुर थापा  त्यसैगरी सदस्य हरूमा – जसु थापा , अवसर पौडेल , श्यामकृष्ण भेटवाल ,  राजेद्र पाण्डे , थीर बहादुर बस्नेत , विराज कुमार राई (मनोनित ) महेश प्रसाद सिटौला ( मनोनित ) डि पी  दाहाल ( मनोनित )  कार्यसमितिमा  पर्नु  भएको छ ।  त्यसैगरी  सल्लाहकार समितिमा   लोकेन्द्रबहादुर खड्का , कमल प्रसाद ज्ञवाली , उत्तम पण्डित र शिवप्रसाद   अर्याल रहनु भएको छ ।

सर्वसम्मतमा  पदाथिकारी छनोट गर्दाको सकसले  सामान्यतया कुरा नमिले  चुनावमै  जाँदा हुन्छ भन्ने खासखुस  कतिपय प्रिन्सिपल प्रतिनिधि हरुबाट सुन्न पाइन्थ्यो भने कतिपय झुन्डहरुमा  छिट्टै कुरा मिलिहाल्ला जस्तो छैन भनेर घाम तापिरहेको देखिन्थ्यो । बिहान १० बजेदेखि बेलुकाको ४ बजेसम्म  यस्तै कुराहरुले  तारकेश्वर प्याब्सन सम्पन्न गर्न  आएका  अतिथिहरु आकाङ्क्षी  पदाधिकारी  सहमति भएको खबर सुन्न आतुर रहेको देखिन्थे । अर्कातिर  तारकेश्वर  नगर प्याब्सनका  सल्लाहकार सदस्यहरु  निस्कर्ष  निकाल्न पटक पटक छलफल चलाइरहेको  बुझिन्थ्यो ।  विशेषगरी अध्यक्ष पदका उम्मेदवार गोपाल बुढाथोकी र नवराज  न्यौपाने दुबै प्रभावशाली  व्यक्तित्व  भएको कारण अध्यक्ष पदमा टुङ्गोमा   पुग्न गाह्रो भएको  जस्तो देखिन्थ्यो ।  अर्कातिर सबैपदमा  उम्मेदवारका आकाङ्क्षीहरु लाई  मिलाएर अघि बढाउने जिम्माले  पनि  चुनाव सम्पन्न समिति , उपसमिति  ,  कार्यदल र  शुभ चिन्तकहरुलाई  हम्मेहम्मे परेको थियो ।   अन्तमा अपरान्ह  ५ बजे देखि  कार्यक्रम सुरु भएको थियो ।

निर्वाचन आयुक्त  नवराज भट्टले निर्वाचित सबै  पदाधिकारीलाई सपथ  ग्रहणमा  सरिक गराउनु भएको थियो भने   शिक्षा सेवी  दीपक कुमार गुरुङले  नव निर्वाचित  कार्य समितिलाई  सफल कार्यकालको कामना गर्नुभयो । त्यसैगरी  नव निर्वाचित  अध्यक्ष गोपाल बुढाथोकीले निर्वाचित टीमलाई सँगसँगै  लिएर तारकेश्वर नगरको शिक्षाको विकासमा अघि बढ्ने अठोट गर्नुभएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00