Thursday, April 16, 2026

हिमरश्मि स्कूल / कलेजको उपत्यकाव्यापी छात्र भलिवल प्रतियोगिताको उद्घाटन

संयम दैनिक
0 कमेन्टहरु
काठमाडौं ।
हिमरश्मि  स्कूल / कलेजले प्रथम  हिमरश्मि  कप यु -१९ उपत्यकाव्यापी  छात्रहरुको भलिवल  प्रतियोगिता  खेलको  आफ्नै स्कूलको आँगनमा उद्घाटन गरेको छ।पुष  २  गते तारकेश्वर नगर  ९मा स्थित  हिमरश्मि स्कूलमा व्यवस्थापन समिति  अध्यक्ष तिर्थ गुरुङले सभाध्यक्षता ग्रहण  गरेको यो कार्यक्रम तारकेश्वर नगर प्रमुख कृष्णहरि महर्जनले प्रमुख अतिथिको रूपमा एक भव्य समारोहकाबीच   उद्घाटन गरेका हुन् । राष्ट्रिय  खेलाडी उत्पादन  गर्ने लक्ष्य लिएको  मूल मर्म प्रतियोगिताले  लिएको संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले प्रष्ट पारे ।

प्रथम , द्वितीय, तृतीय हुनेलाई क्रमशः २५००० , १५०००, ५०००   नगद पुरस्कार प्रदान गरिने  यो प्रतियोगितामा   ५ दिनसम्म स्पर्धा  हुनेछ।
२१ टिमले  प्रतिस्पर्धा गर्ने यो  निजी तथा सामुदायिक विद्यालयको तर्फबाट  पनि सहभागिता जनाइएको  छ ।    एम वि अमागाईंले  सहजीकरण गरेको यो कार्यक्रममा विशिष्ट अतिथि  प्राध्यापक श्यामकृष्ण विष्ट ,  राम बहादुर के सो,  तारकेश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकी , ओप्स सचिव शिव अर्याल ,  तारकेश्वर शैक्षिक मञ्च अध्यक्ष  झनकराज शर्मा ,  तारकेश्वर नगर प्याब्सन उपाध्यक्ष नवराज न्यौपाने  लगायतका खेल  प्रशिक्षकहरू र खेल प्रेमी विशिष्ट व्यक्तिहरुको  उपस्थिति थियो ।

यो  प्रथम हिमरश्मि कपमा हिमरश्मि निलोले विजयको सुरुआत गरेको छ   । भलिवल प्रतियोगिताले  उत्सवमय भएको  यो उद्घाटन कार्यक्रममा ओप्स परिवार  न्यूटन स्कूलका विद्यार्थी, अन्तर्राष्ट्रिय  खेलाडीलाई प्रमुख अतिथि  मेयर  महर्जनको  हातबाट सम्मान समेत गरिएको थियो । कार्यक्रममा  प्रतिभाशाली विद्यार्थीले  बेला बेलामा नृत्य प्रस्तुत  गरेर दर्शकलाई  मनोरन्जन  प्रदान  गराएका थिए ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00