तारकेश्वर नगरपालिकाको वडा नम्बर १० मा s अवस्थित लोकतान्त्रिक चोकमा शुभम इन्टरनेसनल हस्पिटल समुद्घाटन पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
हस्पिटल संचालक समितिको अध्यक्ष तथा शुभम इन्टरनेशनल हस्पिटलको समुद्घाटन कार्यक्रमको सभापति डा केदार नरसिंह केसी रहेको उक्त समुद्घाटन कार्यक्रममा स्वागत मन्तव्य उक्त हस्पिटलका प्रबन्ध निर्देशक डाक्टर प्रदिप विक्रम सिंह दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रामवरण यादवले शुभकामना मन्तव्य दिँदै, उहाँले २०४६ सालदेखि स्वास्थ्य क्षेत्रमा परिवर्तन देखा परेको बताउनुभएको थियो । प्रमुख अतिथि डाक्टर यादवले राष्ट्रको विकास स्वास्थ्य सेवामा विकास भएपछि मात्र वास्तविक विकास हुने गर्छ भन्नुभयो । उहाँले स्वास्थ्य संघ संस्थाहरुले व्यवसाय कम सेवाको भावना बढी भएर जनताको सेवा गर्नुपर्ने सन्दर्भ उल्लेख गर्नुभएको थियो।
त्यसैगरी संघीय सांसद अर्जुन नरसिंह केसीले आफ्नो शुभकामना मन्तव्यमा लोकतन्त्रको अन्तिम सत्य नै सेवा हो भन्नुभयो । पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका संघीय सांसद ,पूर्व मन्त्रीले प्रारम्भिक स्वास्थ्य सेवा मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख भएको सन्दर्भ औल्याउनु भएको थियो ।
अस्पतालको प्रगति र उन्नतिको कामना गर्दै, शुभकामना मन्तव्य दिनेमा वडा नम्बर १० का वडा अध्यक्ष कुमार राई ,पूर्व तारकेश्वर नगरका मेयर रामेश्वर बोहरा , त्यसैगरी तारकेश्वर नगरका मेयर कृष्ण हरि महर्जन, पूर्व प्रदेश मन्त्री अमन मास्के, संविधानसभाका सभासद जगदीश नरसिंह केसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।
भदौ १२ गते सम्पन्न उक्त समुद्घाटन कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै , उहाँले अस्पतालको तर्फबाट सरोज केसीले उपस्थित अतिथिहरूलाई नविनतम सुविधा र सेवासहितको अस्पतालको रूपमा शुभम इन्टसेशनल हस्पिटललाई बुझ्न आग्रह गर्नुभएको थियो।
कार्यक्रमका सभापति डा केदार नरसिंह केसीले आफ्नो मन्तव्य राख्दै , उहाँले शुभम हस्पिटल एक उत्कृष्ट हस्पिटल बनाउने संकल्पका साथ उद्घाटन गरिएको भन्दै , उहाँले स्वास्थ्य सेवाको सुलभताले मात्र देश विकासको मापन गर्न सकिन्छ भन्ने विचार व्यक्त गर्नुभएको थियो।
भदौ १२ समुद्घाटन भएको उक्त हस्पिटल चौबिसै घण्टा इमर्जेन्सी सेवा खुल्ला रहने जनाइएको छ। अत्याधुनिक सुविधा सम्पन्न अस्पतालमा प्रतिष्ठित डाक्टर केदार नरसिंह केसी लगायत अनुभवी दक्ष डाक्टरहरूको सेवा र समर्पण रहेको प्रष्ट पारिएको छ ।
अस्पतालले २४ शैयामा बिरामीको उपचार गर्ने र यसको लगानी १५ करोडभन्दा बेसी रहेको पनि अस्पतालले जानकारी गराएको छ। तारकेश्वर नगरको लोकतान्त्रिक चोकमा स्थापित यो अस्पतालको उद्घाटनपछि तारकेश्वर बासीलाई मात्र नभएर छिमेकी नगरपालिका, महानगर तथा छिमेकी जिल्लाहरुले पनि बिरामी पर्दा स्वास्थ्य उपचार लिन पाउने विश्वासमा खुसी व्यक्त गर्नुभएको छ।
वरिष्ठ पत्रकार राजन कुइंकेलले सहजीकरण गरेको उक्त कार्यक्रममा सबै तारकेश्वर नगरपालिकाका वडाका अध्यक्षहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि , संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक अभियन्ता तथा सर्वसाधारण व्यक्तिहरूको वाक्लो उपस्थिति रहेको थियो।