Saturday, June 6, 2026

नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कुलको ३६ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम आफ्नै परिसरमा सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकाको वडा नम्बर ६ मा स्थित नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कुलको ३६औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम, शिक्षाविद् तथा मोटिभेसनल ट्रेनर अभिषेक घिमिरेको प्रमुख अतिथ्यता तथा स्कुलका संस्थापक अध्यक्ष सानोबाबु विन्दुकारको सभाध्यक्षतामा सम्पन्न भएको छ।

स्कुलकी प्रिन्सिपल सरिता बिन्दुकारले उपस्थित प्रमुख अतिथि ,अतिथि लगायत अभिभावक तथा विद्यार्थीहरूलाई स्वागत मन्तव्य राख्दै व्यवहारिक र संस्कारयुक्त शिक्षा प्रदान गर्ने विद्यालयकोरुपमा नर्थ भ्याली इङ्लिस बोर्डिङ स्कुल सँधै अगाडि बढ्दै गरेको भन्दै, उहाँले विद्यालयलमा वालमैत्रीपूर्ण वातावरणमा अध्यापन भइरहेको प्रष्ट पार्नुभएको थियो ।स्कुलका व्यवस्थापन समितिका सल्लाहकार केदार बोगटीले आफ्नो मन्तव्य राख्दै , उहाँले किताबी ज्ञानले मात्र एउटा विद्यालयको विद्यार्थी जीवनमा सफल हुन सक्दैन ,उसले आन्तरिक सिपको विकास ,सञ्चार विकास र नेतृत्व तथा चरित्र निर्माणमा ध्यान दिनुपर्छ भन्नुभएको थियो । विशिष्ट अतिथि नेपाल सरकारका वैज्ञानिक ईश्वर बज्राचार्यले ३६ औँ वार्षिक उत्सवमा आफ्नो शुभकामना मन्तव्य राख्दै उहाँले विद्यार्थीलाई गुणस्तरीय शिक्षाको साथै आफ्नो जीवनमा आउन सक्ने कुनै पनि समस्यालाई समाधान गर्ने उपाय सिकाउनुपर्ने दृष्टान्त दिनुभएको थियो। आफ्ना बालबालिकाको क्षमता चिन्नुपर्छ भन्दै ,उहाँले आफ्नो मन्तव्यमा भौतिक पूर्वाधारको पूर्णता साथै फुट्सल जस्ता पूर्वाधारले विद्यार्थीहरुलाईअतिरिक्त क्रियाकलापबाट अगाडि बढाउन पनि विद्यालय सक्षम रहेको धारणा प्रष्ट पार्नुभयो।.फागुन २ गते सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि शिक्षाविद तथा मोटिभेसनल ट्रेनरअभिषेक घिमिरेले विद्यार्थीको पढाइलाई अब्बल बनाउन अभिभावकको महत्वपूर्ण योगदान रहेको हुन्छ भन्नुभएको थियो। उहाँले आफ्नाे मन्तव्यमा, आफ्नो विचार राख्दै आजको विद्यार्थीले मान्छेसँग मात्र होइन एआईसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।घर ,विद्यालय र समाजको सिकाइले बालबालिकामा असर पारिरहेको हुन्छ भन्दै प्रमुख अतिथि घिमिरेले बच्चालाई अत्यधिक माया गर्यो भने पनि बच्चा बिग्रन्छ भन्दै विभिन्न उदाहरण दिनुभएको थियो ।कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले गीत -संगीत ,नृत्य कलामा मौलिक संस्कृतिका पहिरन र भेषभुषामा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

काठमाडौँको उत्तरी भेगमा रहेको पुरानो निजी विद्यालय भन्दै स्कुलका संस्थापक अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष सानोबाबु बिन्दुकारले सबैलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको थियो। विद्यालयकी शिक्षिका अर्चना राईले उद्घोषण गरेको उक्त कार्यक्रममा स्कुलका उपस्थित प्रमुख अतिथि, विद्यार्थी, अभिभावक सबैलाई भाइस प्रिन्सिपल अनिल विदुकारले हार्दिक धन्यवाद ज्ञापन गर्दै उपस्थितिको लागि आभार समेत व्यक्त गर्नुभएको थियो ।

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00