Friday, April 17, 2026

गण्डकी पब्लिक सेकेण्डरी बोर्डिङ स्कुलको २२औँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा दुई पूर्व प्रिन्सिपल सम्मानित

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौँ – १६ म्हेपीस्थित गण्डकी पब्लिक स्कुलको आयोजनामा जिल्ला शिक्षा समन्वय युनिट प्रमुख काठमाडौँका समन्तमणि आचार्यको प्रमुख आतिथ्यता तथा गण्डकी पब्लिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अर्यालको सभाध्यक्षतामा , २२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस राष्ट्रिय नाचघर जमलमा विशिष्ट पाहुनाहरू ,अभिभावकहरू, विद्यार्थीहरू ,शुभचिन्तक तथा शिक्षाप्रेमीहरूको माझमा भव्य रुपमा सम्पन्न भएको छ।

काठमाडौँ जिल्ला शिक्षा समन्वय युनिट प्रमुख तथा उक्त २२औँ वार्षिक उत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि समन्तमणि आचार्यले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै , उहाँले नेपालको शिक्षामा नैतिक शिक्षालाई समावेश गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो।प्रमुख अतिथि आचार्यले संस्कृत गुरुकुल शिक्षालाई आधुनिक शिक्षामा जोड्नुपर्ने प्रष्ट धारणा राख्नुभएको थियो।प्रमुख अतिथिले आफ्नो मन्तव्यमा संस्थागत विद्यालयले घोकाएर मात्र बच्चालाई पढाउने गरेको भन्ने कुराको खण्डन गर्दै उहाँले सानासाना नर्सरीका बच्चाहरूलाई कस्ले अक्षर सिकाएको छ भन्ने प्रश्न गर्नुभएको थियो ।

विद्यालयका डाइरेक्टर महेन्द्र बस्नेतले उपस्थित पाहुनहरूलाई स्वागत मन्तव्य राख्दै, उहाँले यो वार्षिक कार्यक्रम मात्र होइन यो अभिभावकको विद्यालयप्रतिको विश्वास हो भन्नुभएको थियो ।त्यसैगरी उहाँले २२ औँ वार्षिक उत्सवमा गण्डकी पब्लिक स्कुलले विद्यार्थीलाई गरी खाने व्यवहारिक शिक्षा प्रदान गर्दै आएको प्रष्ट पार्नुभएको थियो। मन्तव्य दिने क्रममा प्रिन्सिपल आरसी भट्टले स्मार्ट बोर्डमा अध्ययन अध्यापन भइरहेको स्कुल गण्डकी स्कुल हो भन्दै उहाँले गण्डकी पब्लिक स्कुलले शिक्षाको गुणस्तर कमजोर हुन नदिने सङ्कल्प गरेको छ भन्नुभएको छ। उहाँले आफ्नो मन्तव्यमा शिक्षा क्षेत्रकाअब्बल व्यक्तित्वहरूले सञ्चालन गरेको गण्डकी पब्लिक स्कुल हो भन्दै, प्रिन्सिपल भट्टले आफ्ना स्कुलबाट पढेका विद्यार्थीहरू राष्ट्रिय ,अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च ओहदामा बसेर काम गरिरहेको सन्दर्भ उल्लेख गर्नुभएको थियो।अभिभावकको तर्फबाट मन्तव्य राख्दै राजकुमार बन्जाराले विद्यार्थीलाई पठनपाठनका साथै कला संस्कृतिको संरक्षणमा विद्यार्थीलाई संलग्न गराउनुको साथै उत्कृष्ट शिक्षा प्रदान गरेकोमा गण्डकी पब्लिक स्कुल परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

बाइसौँ अभिभावक दिवसको अवसरमा दुईजना गण्डकी पब्लिक स्कुलका पूर्व प्रिन्सिपलहरू सम्मानित हुनुभएको थियो। डाक्टर शिवराम पाण्डे तथा विष्णु नेपाललाई प्रमुख अतिथिद्वारा दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

banner

संस्थागत विद्यालयको संगठन टपस् एस ई.ई प्रिवोर्ड परीक्षामा सृष्टि सिटौला, जीविका लामिछाने तथा रितिश बन्जारा १० औँ सर्वोत्कृष्टभित्र पर्न सफल भएकोमा स्कुल परिवारले यही कार्यक्रममा हौसला प्रदान स्वरूप उहाँहरुलाई सम्मान गरेको थियो ।

फागुन ११ गते राष्ट्रिय नाचघरमा दिनभर साना – ठूला बालबालिकाले आफूमा रहेको क्षमता प्रदर्शन गरी ,अभिभावकलाई स्वागत गर्दै स्वागत गीत ,राष्ट्रिय गीत ,विभिन्न जातजातिका मौलिक पहिरनमा सांस्कृतिक गीत -नृत्य, खेलकुद तथा स्काउटका कार्यक्रमहरूको माध्यमबाटआफ्नो अब्बल प्रतिभा प्रस्तुत गरी मनोरंजन प्रदान गर्नुभएको थियो ।

गण्डकी पब्लिक स्कुलका सेकेण्डरी इन्चार्ज राज कुमार भट्टराई तथा स्कुलकी प्राइमेरी इन्चार्ज तृप्ती राईले कलात्मक उद्घोषण गरेको उक्त कार्यक्रममा विद्यार्थो भाइबहिनीले पनि उद्घोषण गरेर आफ्नो क्षमता प्रदर्शन गर्नुभएको थियो । विद्यार्थीहरूले पनि विद्यालय परिवारको पढाइ तथा अतिरिक्त क्रियाकलापमा पाउने अवसरको वारेमा उपयोगी मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय कलाकार देवनारायण नेपाली र सागर गुरुङ जस्ता कलाकारहरूले पनि बाइसौँ वार्षिक उत्सव तथा अभिभावक दिवसमा आफ्नो प्रस्तुति दिनुभएको थियो।

स्कुल व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष राम प्रसाद अर्यालले विद्यालय वैज्ञानिक तथा व्यवहारिक शिक्षा दिन लागिपरेको बताउनु भएको थियो । सभाध्यक्षले अभिभावक तथा शुभचिन्तकहरूको सहयोग र सद्भावले विद्यालय अगाडि बढिरहेको प्रष्ट पार्नुभएको थियो। कार्यक्रममा विशेष अतिथिको रुपमा काठमाडौँ प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, कोषाध्यक्ष डिएन अधिकारी , काठमाडौँ महानगरपालिका अध्यक्ष गगनसिंह ऐर,उपाध्यक्ष रविन बस्नेत लगाएत विभिन्न विद्यालयका प्रिन्सिपल, संचालकहरू तथा छिमेकी विद्यालयका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो। गण्डकी स्कुलका कार्यकारी निर्देशक दोर्ण बहादुर अधिकारी, गण्डकी स्कुलका शिक्षक कर्मचारीहरु तथा समग्र शिक्षा प्रेमीहरूको उपस्थिति रहेको २२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस उल्लासमय वातावरणमा सम्पन्न भएको थियो ।

You Might Also Like

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00