काठमाडौं ।म्याग्दीको धवलागिरी गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना क्षेत्रका नागरिकलाई लक्षित गर्दै राजधानीमै सामाजिक सुरक्षा भत्ता नवीकरण सेवा उपलब्ध गराएको छ।

धवलागिरी गाउँपालिका समाज काठमाडौंले तारकेश्वर नगरपालिका–९, मा रहेको एन्जलस हार्ट नेसनल स्कुलमा विशेष शिविर आयोजना गरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने विभिन्न लाभग्राहीको भत्ता नवीकरण गर्ने व्यवस्था गरेको छ, यो व्यवस्था सँगै अर्कोतिर सोही ठाउँबाट वृद्धवृद्धाले आँखा जाँच शिविर परीक्षणको निशुल्क लाभ प्राप्त गरेका छन्।

वर्षाको समयमा वृद्धवृद्धाहरू काठमाडौँबाट म्याग्दीको धवलागिरी गाउँपालिकामा पुगी सेवा सुविधा लिन कठिन पर्ने भएकोले धवलागिरी गाउँपालिकाका जनप्रतिनिधि लगायतको टोली तारकेश्वर नगरपालिका स्थित एन्जलस हार्ट नेसनल स्कुलको परिसरमा आई यस प्रकारको सेवामूलक कर्म गरिरहेको सन्दर्भ जनप्रतिनिधिहरूले संयम दैनिकलाई प्रष्ट पार्नुभएको थियो।धवलागिरी गाउँपालिका समाज काठमाडौँको आयोजनाले यो सबै सम्भव भएको धवलागिरी गाउँपालिका वडा अध्यक्षहरू तथा कर्मचारी वर्गले सञ्चारकर्मीलाई प्रष्ट पार्नुभएको थियो । उहाँहरुले आफ्नो विचार व्यक्त गर्दै यस्ता कार्यक्रमले आफ्नो जिल्ला छोडेर काठमाडौँ -पोखरा र अन्य भागमा बसेका नागरिकहरुलाई जन्मभूमिसँग जोडिराख्न सहयोग पुऱ्याउँछ भन्नुभयो।

श्रावण २४ गते सम्पन्न उक्त कार्यक्रममा धवलागिरी गाउँपालिका समाज काठमाडौँका सल्लाहकार दीप छन्त्यालले दिउँसो ३ बजेसम्म आँखाको जाँच गराउने बुवाआमाहरू ८३ जना र सामाजिक सुरक्षा सेवा भत्ताको लागि नवीकरण सेवा प्राप्त गरिरहेका बुवाआमाहरू ७ ५ जना भइसकेको जानकारी गराउनुभएको थियो। सल्लाहकार छन्त्यालले सेवाग्राहीहरू निरन्तर आउने क्रम जारी नै रहेको जानकारी दिनुभयो । सामाजिक सुरक्षा भत्ता अन्तर्गत सबैभन्दा बढीतबला गिरी गाउँपालिकाको वडा नं ६ बाट२७ जना सेवाग्राही रहेको प्रष्ट पारिएको थियो।वृद्धवृद्धा ,अपाङ्ग ,एकल महिलाहरूले मातृभूमिदेखि टाढा रहँदा पनि आफ्नो गाउँपालिकाबाट सिङ्गै जनप्रतिनिधिहरू सहित कर्मचारी आएर सेवा गरेकोमा प्रशंसा गर्नुभएको थियो । अर्कोतिर आँखा धमिला हुँदै गएको बेला आँखा शिविरका डाक्टरले बा-आमाहरूको आँखा परीक्षण गरी परामर्श दिइरहेको दृष्यले सामाजिक सेवाको उत्कृष्ट नमुना धवलागिरी गाउँपालिका समाज काठमाडौँको आयोजनाले देखाइरहेको थियो।
स्थानीय सरकारको सेवा नागरिकको पहुँचसम्म पुर्याउने उद्देश्यअनुसार सञ्चालन गरिएको शिविरबाट काठमाडौंमा रहेका धवलागिरी गाउँपालिकाका लाभग्राही प्रत्यक्ष लाभान्वित भएका छन्।सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि गाउँपालिका कार्यालयसम्म धाउनुपर्ने बाध्यता हटाउँदै राजधानीमै सेवा पाएपछि सहभागी ज्येष्ठ नागरिक तथा अन्य लाभग्राहीहरूले धवलालागिरी गाउँपालिका समाज काठमाडौँको पहलको प्रशंसा मुक्त कण्ठले गरेका छन्।धवलागिरी गाउँपालिका समाज काठमाडौँका अध्यक्ष लिल बहादुर पुनले सामाजिक सेवा र समाजप्रतिको उत्तरदायित्वमा यो समाज जहिले पनि अग्रसर भइरहने विचार सञ्चारकर्मीको माझ प्रष्ट पार्नुभएको थियो।
साउन २ ३ गते उक्त विद्यालयमा यो समाजद्वारा डा. महावीर पुनको प्रमुख आतिथ्यतामा समग्र म्याग्दी जिल्लाको समृद्धि तथा विकासमा जनप्रतिनिधि र जनता वीचमा वृहत् अन्तरक्रिया समेत गरिएको थियो ‘
