Sunday, September 13, 2026

प्याव्सन कप -२०८३ छात्र अन्तर -विद्यालय फुटसल स्पर्धाको विजेता बन्यो पिस प्वाइन्ट बोर्डिङ स्कुल

संयम दैनिक
0 कमेन्टहरु

काठमाडौं । प्याब्सन कप–२०८३ अन्तर्गत यू–१६ अन्तरविद्यालय फुटसल प्रतियोगिता काठमाडौंमा कोटेश्वरस्थित काञ्जिरोवा नेसनल स्कुलको फुटसल मैदानमा भदौ २४ गतेदेखि प्रतियोगिता सञ्चालन भई ,भदौ २७ गते शनिवार प्याव्सन केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी सहभागी भएका थिए । प्याब्सन काठमाडौं महानगरपालिकाको संयोजन ,प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजनामा भइरहेको प्रतियोगितामा कोटेश्वरस्थित काञ्जिरोवा स्कुलले सहकार्य गरेको थियो भने व्यवस्थापकीय जिम्मेवारी प्रोग्रेसिभ एजुकेशनल फोरम (पीईएफ) ले लिएको थियाे। भदौ २७ गते बुढानीलकण्ठ स्कुल र पिस प्वाइन्ट बोर्डिङ स्कुल बीचमा फाइनल फुट्सल प्रतिस्पर्धा सम्पन्न भयो। यो प्रतिस्पर्धाबाट पिस प्वाइन्ट वोर्डिङ स्कुल विजेता बन्न सफल भयो भने उपविजेतामा बुढानीलकण्ठ पाठशालाले बाजी माऱ्यो ।

त्यसैगरी तेस्रो स्थानमा काठमाडौँ लोक शिक्षण स्कुलले सिर्जना ज्ञान सागरलाई पराजित गरी पुरस्कृत हुन सफल भयो।प्रतियोगितामा व्यक्तिगत रूपमा उत्कृष्ट खेलाडीहरूले पुरस्कृत हुने अवसर पाएका थिए । उत्कृष्ट खेलाडी अन्तर्गत अधिकतम गोलकर्तामा पिस प्वाइन्ट स्कुलका असिम सुवेदी परे , उदयीमान खेलाडी अन्तर्गत बिराज खड्का बुढानीलकण्ठ पाठशालाबाट पर्न सफल भए। त्यसैगरी उत्कृष्ट प्लेयर अन्तर्गत पिस प्वाइन्ट बोर्डिङ स्कुलकै अर्जुन कठायत पर्न सफल भए ,उत्कृष्ट गोलकिपरमा पिस प्वाइन्ट स्कुलकै विवेक बोहरा पुरस्कृत भए। विद्यालय तहका फुटसल खेलका प्रतिभालाई सक्षम बनाउने र आफ्नो क्षमता देखाउने अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले प्रष्ट पारेको छ। प्रतियोगिताबाट विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता र टिममा काम गर्ने विश्वासको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जिल्ला प्याब्सन अध्यक्ष नवराज भट्टको अध्यक्षतामा सम्पन्न गरेको ४ दिवसीय फुटसल स्पर्धाको समापन तथा पुरस्कार वितरण कार्यक्रमको सहजीकरण महानगर प्याव्सनका सचिव आरसी भट्टले गरेका थिए । प्रतियोगिताका विजेताले २५ हजार, उपविजेताले १५ हजार र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार लगायत ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रमुख अतिथि र अतिथि गणबाट प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले पनि छुट्टाछुट्टै सम्मान तथा पुरस्कार प्राप्त गरे।

banner

कार्यक्रममा काठमाडौँ जिल्ला प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा ,उपाध्यक्ष सूर्य भण्डारी, उपाध्यक्ष धनबहादुर पुन ,ईशु गुरुङ त्यसैगरी प्याब्सन काठमाडौं महानगरपालिकाका अध्यक्ष गगनसिंह ऐर लगायत कार्यक्रममा जिल्ला, केन्द्र तथा पालिका स्तरीय प्याब्सन प्रतिनिधिहरूका साथै विभिन्न खेलप्रेमी व्यक्तित्वहरू ,विद्यार्थीहरू ,खेल प्रशिक्षकहरू ,प्रतियोगी खेलाडीहरूका साथै विद्यालयका शिक्षक प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00