एन्जल्स स्पोर्ट्स एकेडेमीको आयोजना तथा एन्जल्स हार्ट एजुकेसन फाउन्डेसनको प्रायोजनमा JCL U–12 (2082) क्रिकेट प्रतियोगिताको पाँचौँ दिन पहिलो खेलमा किङ्स क्रिकेट एकेडेमीले एन्जल्स बीलाई १० विकेटले पराजित गर्यो। एन्जल्स बीले १५ ओभरमा ७३ रन बनाउँदा आर्यन भट्टाले २९ रन जोडेका थिए। ब्याटिङमा जवाफ दिँदै शान्तनु बस्नेतले अविजित ५३ रन बनाएर टिमलाई सहज जित दिलाए र ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
दोस्रो खेलमा CEC (A) ले HCA (B) लाई ९ रनले हरायो। CEC (A) ले १०० रन बनाउँदा समाग्य राज रेग्मीले अविजित २५ रनको योगदान दिए। लक्ष्य पछ्याएको HCA (B) ९१ रनमै सीमित भएको थियो। ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरेका समाग्य राज रेग्मी ‘प्लेयर अफ द म्याच’ बन्न सफल भए।
तेस्रो खेलमा HCA (B) ले GHCA हात्तीबनमाथि ६४ रनको सानदार जित दर्ता गर्यो। HCA (B) ले ९७ रन बनाउँदा भाबेश खड्कालेअविजित ४४ रनसहित अग्रता लिए। जवाफी ब्याटिङमा GHCA ३३ रनमै समेटियो। एनिन कुँवरले ४ विकेट लिएर उत्कृष्ट बलिङ गर्दै ‘प्लेयर अफ द म्याच’ बनेका थिए।
तारकेश्वर ९को एन्जल्स स्पोर्टस् एकेडेमीको मैदानमा प्रतियोगिता चलिरहेको छ ।



