Thursday, April 16, 2026

एन्जल्स् हार्ट स्कुलको आयोजनामा ४३ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

तारकेश्वर नगरपालिकामा अवस्थित एन्जल्स् हार्ट स्कुल परिसरमा , स्कुल परिवारका सञ्चालक समितिका अध्यक्ष लीलबहादुर पुनको सभाध्यक्षता तथा केन्द्रीय प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा ४३ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रमआफ्नै स्कुल परिसरभित्र पाहुना, विद्यार्थी तथा अभिभावकको माझमा सम्पन्न गरिएको छ।

स्कुलका प्रिन्सिपल तथा काठमाडौँ जिल्ला प्याब्सनका उपाध्यक्ष धनबहादुर पुनले उपस्थित प्रमुख अतिथि , अतिथि गण तथा समस्त अभिभावक विद्यार्थीहरूमा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।प्रमुख अतिथि प्याब्सन केन्द्रका अध्यक्ष कृष्णप्रसाद अधिकारीले एन्जल्स हार्ट स्कुलले शिक्षामा पुऱ्याएको योगदानको प्रशंसा गर्दै , विद्यालय व्यवहारिक तथा वैज्ञानिक शिक्षा प्रदान गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो। प्रमुख अतिथि अधिकारीले विद्यालय समय अनुकल अगाडि बढ्दै जानेमा विश्वस्त रहेको धारणा राख्नुभएको थियो । त्यसैगरी काठमाडौँ जिल्ला प्याब्सनका अध्यक्ष नवराज भट्टले स्कुलको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो।

शिक्षा – अर्थविद घनश्याम खड्काले विश्व परिवेशको शिक्षालाई नेपालको शिक्षासँग तुलना गर्दै नेपाली शिक्षालाई सिप र उत्पादनसँग समेट्न सक्नुपर्छ भन्दै स्कुलले शिक्षामा पुर्‍याएको योगदान चर्चा गर्नुभएको थियो।त्यसैगरी प्राध्यापक श्यामकृष्ण बिष्टले प्राप्ताङ्कको आधारमा मात्र मूल्याङ्कन गर्नुभन्दा विद्यार्थीको क्षमता र प्रतिभाको आधारमा मूल्याङ्कन गर्नु आजको आवश्यकता हो भन्नुभएको थियो ।

तारकेश्वर नगर शिक्षा प्रमुख सुदिनराज बुढाथोकीले संस्थागत र सामुदायिक विद्यालय बीचमा सहकार्य हुनुपर्छ भन्दै उहाँले आफ्नो मन्तव्यमा संस्थागत विद्यालयले कमजोर विद्यार्थीको स्तर उठाउन प्रयास गर्नुपर्ने धारणा प्रष्ट पार्नुभएको थियो।

banner

फागुन २ गते सम्पन्न कार्यक्रममा , उद्घोषण नयन मगर र जेसिका पौडलले आकर्षक तवरले गर्नुभएको थियो भने अरु विद्यार्थी साथीहरुले बेलाबेला उद्घोषणमा सहयोग गर्नुभएको देखिन्थ्यो । कार्यक्रममा विभिन्न विद्वान, समाजसेवी, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू , टोल सुधार समितिका अध्यक्षहरूको उपस्थिति रहेको थियो । जनप्रतिनिधि लगायत विभिन्न शैक्षिक संघ संस्थाका प्रतिनिधि, पदाधिकारीहरूको उपस्थितिले कार्यक्रमको महत्व बढाएको थियो।

उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मौलिकभाषा संस्कृति , परंपरा र पहिरनमा ,गीतसंगीत ,
खेलकुद ,नाटक प्रस्तुत गरेर उच्च कोटीको प्रतिभा देखाउनु भएको थियो । त्यसैगरी उनीहरूले अनुशासन , देश र प्रकृतिजस्ता विषयमा आफ्नो मन्तव्य राख्नु भएको थियोे ।

तारकेश्वर -१० मनमैजुमा अवस्थित यो विद्यालय ले ४३ औँ अभिभावक दिवस मनाइरहँदा हजारौं आफ्ना स्कुलका विद्यार्थीहरूलाई विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा उच्च पदमा रहेर जिम्मेवारी पूरा गरिरहेको जनाएको छ। स्कुल परिवारले तारकेश्वरको एउटा पुरानो निजी विद्यालयको रुपमा स्थापित भएको यो निजी विद्यालयले शिक्षाको समग्र क्षेत्रमा वैज्ञानिक ,व्यावहारिक तथा संस्कारयुक्त शिक्षा प्रदान गर्न योगदान पुर्‍याइरहेको सन्दर्भ सञ्चारकर्मीहरूलाई एन्जल्स् हार्ट स्कुलका संचालक समितिका अध्यक्ष लिलबहादुर पुनले प्रष्ट पार्नुभएको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00