नेकपा एमालेको ११ औँ महाधिवेशनको नयाँ नेतृत्व चयनको लागि बिहान ९:३० बजेदेखि भृकुटी मण्डपमा मतदान भइरहेको छ।विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको यो मतदान दुई हजार २६ २ प्रतिनिधिले नयाँ नेतृत्व चयनको लागि आफ्नो मतदान गरिरहेका छन् । त्यसैगरी अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल दुई नेताहरू अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् ।मतदाताले आफ्नो विवेक पूर्ण सदुपयोग गर्नेछन् भन्ने आशय अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले सञ्चारकर्मीलाई प्रष्ट पार्नुभएको छ। १९ पदाधिकारी सहित ३०१ केन्द्रीय सदस्य कमिटीका लागि ६४२ उम्मेदवारले कडा प्रतिस्पर्धा गर्दैछन् । नेकपा एमालेमा यो प्रजातान्त्रिक मताधिकारको प्रयोगले पार्टी थप प्रजातान्त्रिक हुँदै गइरहेको एउटा वृत्तमा बहस चलिरहेको छ भने अर्कोतिर अव एमाले पहिले जस्तो सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि खुलेर चुनावी मैदानमा उत्रिएको भन्नेहरू पनि सर्वत्र भेटिन थालेका छन् । बिहानदेखि १२ बजे सम्म ४०० मत खसेको जनाइएको छ , भोटरहरु भोटिङ मेसिनको मतदानको प्रक्रियामा अलमलमा परी समय अलि धेरै लाग्न सक्ने जनाइएको छ ।
