काठमाडौँ प्याब्सन जिल्ला स्तरीय छात्र बास्केटबल प्रतियोगिताको पहिलो चरणको स्पर्धाको परिणाम सार्वजनिक भएको छ । उक्त खेलमा३६ टिमहरू सहभागी भएकोमा पहिलो दिन उद्घाटन कार्यक्रमपछि लालीगुराँस नेसनल एकेडेमीमा विद्यालयका खेलाडी टिमहरूको प्रतिस्पर्धा भएको थियो।
मंसिर २२ गतेको स्पर्धामा ,रेडियन्ट भर्सेस हिमरश्मि स्कुलको प्रतिस्पर्धामा रेडिएन्टले ४३ अङ्क पाउँदा हिमरशमिले २८ अङ्कको प्राप्तिमा चित्त बुझाउँदा हिम रश्मिले हार बेहोर्नु पऱ्यो , उक्त खेलमा खेलाडी सुप्रीत लामिछानेले १७ अङ्क जोड्न सफल भए। मगस स्कुल भर्सेस निलगिरीको खेलमा मगसले २५ अङ्क जोड्दा निलगिरीले १७ अङ्क मात्र बटुल्दा निलगिरी पराजित भएको छ , उक्त खेलमा साइमन रम्जालीले १५ अङ्क जोडन सफल भए । एन्जल हार्ट स्कुल भर्सेस प्ररम्भ वर्ल्ड स्कुलको स्पर्धमा एन्जल हार्ट स्कुलले २५ अंक जोड्दा प्रारम्भ वर्ल्ड स्कुलले १५ अङ्क मात्र जोडेकोले प्रारम्भ वर्ल्ड स्कुल पराजित हुनपुऱ्यो भने मुकेश पुनले ८ अङ्क जोडेर जितमा सघाएका थिए ।
त्यसैगरी केभिसी भर्सेस लालीगुराँस एकेडेमीमा केभीसीले ३८ अङ्क जोड्दा लाली गुराँसले २८ मात्र अङ्क जोडेर लाली गुराँसले पराजित हुनुपऱ्यो , समर्पण नगरकोटीले १२ अंकको योगदान दिएका थिए ।
सनसाइन भर्सेस महर्षी स्कुलको स्पर्धामा सनसाइन स्कुलले २१ अङ्क जोड्दा, महर्षीले १६ अङ्क प्राप्त गरेर महर्सी पराजित हुन पुग्यो , जितमा दिवस तामाङको ५अङ्कको योगदान रह्यो । एन्जल हार्ट भर्सेस सेव स्कुलको स्पर्धामा एन्जल हार्ट स्कुलले २९ अङ्क पाउँदा , सेव स्कुलले २४ अङ्क मात्र प्राप्त गरेपछि सेवले हार स्वीकार्न पऱ्यो , जितमा शिशिर बानियाली ८ अङ्क जोड्न सफल भए ।
मनास्लु स्कुल भर्सेस हिमालय वाल्डडर्फ स्कुलको बीचमा भएको प्रतिस्पर्धामा मनास्लु स्कुलले ३६ अङ्क जोड्दा हिमालय वाल्डडर्फ स्कुलले २४ अङ्क मात्र प्राप्त गरेपछि वाल्डर्फले हार बेहोरेको छ ,यो प्रतिस्पर्धामा सृजन श्रेष्ठले ११ अङ्कको योगदान दिए। अर्को वेबी एन्जल भर्सेस अनमोल ज्योति स्कुलको स्पर्धामा २६ अङ्क वेवी एन्जलले जोड्दा अनमोल ज्योतिले ११ अङ्क मात्र हातपारेपछि अनमोल ज्योतिले हारेको छ।यो प्रतिस्पर्धामा यमन गिरीले १६ अङ्कको योगदान दिएका थिए।

त्यसैगरी मङ्सिर २३ गतेको प्रतियोगिता एन्जलस हार्ट स्कुलमा सम्पन्न भएको थियो। उक्त स्कुलमा प्रतिस्पर्धा गर्दा पुष्पसदन भर्सेस छाहारी स्कुलमा पुष्प सदनले ३२ स्कोर गर्दा छाहारी स्कुलले २२ स्कोर मात्र गरेपछि छाहारी स्कुलले हार स्वीकार्नु पर्यो , त्यसैगरी उक्त खेलमा१० अङ्क जोड्न अनिश कुँवर सफल भए । टिआ ए भर्सेस भ्याली भ्यूको प्रतिस्पर्धामा टिआएले ४८ अङ्क प्राप्त गर्दा भ्याली भ्यूले ३० मात्र अङ्क जोडेपछि खेलको भ्याली भ्यू पछि पऱ्यो , प्रतिस्पर्धामा रोशन नगरकोटीले १९ अङ्कको योगदान गरेका थिए । अर्को स्पर्धामा भ्याली भ्यु स्कुल भर्सेस फेरिल्यान्डको प्रतियोगिताबाट भ्याली भ्युले ३४ अङ्क जोडेपछि फेरिल्यान्ड स्कुलले २४ अङ्क मात्र प्राप्त गर्दा हार स्वीकार्नु पऱ्यो , यो स्पर्धामा खेलाडी गणेश बिष्टले १९ अङ्कको सघाउ गरेका थिए।
त्यसैगरी पुष्पसदन भर्सेस गण्डकी स्कुलको प्रतियोगितामा पुष्प सदनले ३५ अंक प्राप्त गर्दा गण्डकी स्कुलले २७ अङ्क मात्र पाएकोले, गण्डकी स्कुलले हार बेहोरेको थियो, उक्त प्रतिस्पर्धामा जसन महर्जनले १० अङ्कको योगदान गरे भने एस सिआइ बि भर्सेस विभूति स्कुलको प्रतिस्पर्धामा एस सि आइ बिको १५ अङ्क आउँदा विभूति स्कुलले १२ अङ्कभन्दा बढी ल्याउन नसकेपछि विभूति स्कुल पछि पऱ्यो, उक्त प्रतिस्पर्धामा युनिक मगरले पाँच अङ्क जोडेका थिए ।

प्याब्सन काठमाडौँ जिल्ला स्तरीय अन्तर विद्यालय छात्र वास्केट बल प्रतियोगिताको संयोजन तारकेश्वर नगरपालिकाले गरेको छ।मङ्सिर २४ गते हिमरश्मि स्कुलको परिसरभित्र खेलाडी विद्यार्थीहरूको बीचमा प्रतिस्पर्धा चर्किंदै छ।भोलि मङ्सिर २५ गते दिउसो समापन कार्यक्रम हुने काठमाडौँ जिल्ला प्याब्सनका इसिए प्रमुख धनवहादुर पुनले संयम दैनिकलाई प्रष्ट पार्नुभएको थियो। भोलि समापन कार्यक्रममा विजयी स्कुल तथा खेलाडी विद्यार्थीहरू नगद सहित, ट्रफी ,मेडल तथा सर्टिफिकेटले पुरस्कृत हुनेछन् । यो वास्केट बल प्रतियोगितामा कक्षा दश सम्मका छात्रहरुले सहभागिता जनाएका छन् ।