Thursday, April 16, 2026

शिक्षा ऐन जारी गर्न आन्दोलनको १६ औँ  दिनसम्म  पनि नेपाल सरकारलाई आन्दोलनरत  शिक्षकहरूको  राजधानीमा दबाब

संयम दैनिक
0 कमेन्टहरु


शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले सञ्चारकर्मीलाई आफ्नो विचार व्यक्त गर्दै भन्नुभयो, ” एकदिन यो ऐन  ढिलो हुँदै गर्दा १० देखि १५ जना शिक्षक – कर्मचारी ६० वर्ष पुगेर बिना सेवा सुविधा आँखाभरि आँसु लिएर पेशाबाट बहिर्गमन हुँदैछन्, तिनीहरूप्रति राज्यको जिम्मेवारी छ कि छैन ? तिनकै पेशागत संस्था हाम्रो जिम्मेवारी छ कि छैन ? त्यसकारण शिक्षा विधेयक चाँडोभन्दा चाँडो आओस् भन्ने चाहन्छौं। ”  सोह्रौँ दिनको शिक्षक आन्दोलनमा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि एक्यबद्धता जनाउनुभएको छ। 

देशभरबाट आएका शिक्षकहरूले बानेश्वरदेखि माइतीघर मण्डलासम्मको सडक भरिएको थियो । त्यसैगरी आन्दोलन १६ औँ दिनसम्म पनि शान्तिपूर्ण र मर्यादित भइरहेको छ ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00