Thursday, April 16, 2026

निजी विद्यालयहरूलाई धेरै नाफा नकमाउन प्रधानमन्त्री केपी ओलीको सन्देश।

संयम दैनिक
0 कमेन्टहरु

२०८१ फागुन २६, काठमाडौं ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन  नेपालको १६ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले निजी स्कुलका सञ्चालकहरूलाई अत्यधिक नाफा नकमाउन सन्देश दिएका छन्। उनले आफ्नो मन्तव्यमा शिक्षालाई सेवासँग पनि जोड्न र अत्यधिक नाफा कमाउने उद्देश्यले निजी शैक्षिक संस्थाहरू नखोल्न आग्रह गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा सोमबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपालको १६ औं राष्ट्रिय महाधिवेशनको उद्घाटनपछि सम्बोधन गर्दै उनले यस्तो  धारणा व्यक्त गरेका हुन् ।

शिक्षा क्षेत्रमा तपाईंहरू लगानी गर्नुस्   भन्दै,, प्रधानमन्त्री ओलीले देश विकासको लागि दक्ष जनशक्ति तयार गर्न आफ्ना सन्तानहरूलाई योग्य सक्षम नागरिकको रुपमा वृद्धि विकास गर्न निजी क्षेत्रका   विद्यालयले शिक्षामा  कदम चाल्नु पर्ने स्पष्ट पारेका  छन्।

आज १६औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै प्रज्ञा प्रतिष्ठानको कमलादिमा देशभरबाट आएका प्याब्सन प्रतिनिधिहरूलाई प्रधानमन्त्रीले शिक्षालाई सेवामूलक बनाउन आह्वान गरेका छन्। यो प्याब्सनको  १६ औँ राष्ट्रिय महाधिवेशनले राष्ट्रिय नेतृत्व भोलिसम्म  छनोट गर्नेछ ।  

banner

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00