Thursday, April 16, 2026

विगत लामो समयदेखि स्टिम ( STEAM ) एजुकेसनमा आधारित  अध्ययन अध्यापनमा तारकेश्वर  शान्ति  टोलको  मेगा पब्लिक स्कुल लक्ष्यतिर  अगाडि बढ्दै

संयम दैनिक
0 कमेन्टहरु


तारकेश्वरको शान्ति टोलमा रहेको मेगा पब्लिक स्कुल  एक स्थापित   नाम  हो। मेगा पब्लिक स्कुल छोटो समयमा  अत्याधुनिक तथा भौतिक सुविधाले सम्पन्न स्कुलको रूपमा आफ्नो  स्थान लिन सफल भएको छ। 

एकल लगानीमा संचालन  भएको यो स्कुलका संचालक   तथा प्राचार्य अमृत भण्डारीले हामीसँगको कुराकानीको दौरानमा,  उहाँले  विद्यालयको भौतिक स्थाइत्व   तथा  विकासको लागि विद्यालयले आफ्नै भवन तथा  पूर्ण भौतिक  पूर्वाधारहरू खडा गरिसकेको छ  भन्नुभयो ।  उहाँले विद्यालयमा रहेका सुविधाहरू र विशेषताहरूलाई बताउँदै भन्नुभयो ,
. विज्ञान तथा रोबोटिक्स प्रयोगशाला
.विभिन्न खेलकुद सम्बन्धी अवसरहरू जस्तो :  फुट्सल ,ब्याडमिन्टन ,क्रिकेट, टिटि, भलिबल,   बास्केटबल र स्केटिङ , त्यसैगरी उहाँले थप जानकारी दिँदै भन्नुभयो ,
. लाइब्रेरी
.पोडकास्ट स्टुडियो
. नेतृत्व क्षमताको विकास
. वैज्ञानिक तथा व्यावहारिक शिक्षामा जोड दिएको
र अन्य यस्ता विभिन्न किसिमका  अतिरिक्त क्रियाकलाप, गीत – संगीत  ,कला , संस्कृतिका विषयमा पनि उत्कृष्टता हासिल गरी पुरस्कृत  भइसकेको  सन्दर्भ हामीलाई सुनाउँदै ,उहाँले अवाकस प्रतियोगितामा अन्तर्राष्ट्रिय पुरस्कार समेत प्राप्त गरेको र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा पर्न सफल भएको  प्रष्ट पार्नुभएको थियो ।  हामीले स्कुलप्रति  अझैं चासो राख्न थालेपछि   प्रिन्सिपल भन्डारीले  असियन  अवाकस गेममा पनि विद्यार्थीहरूले उत्कृष्टता हासिल गरिसकेका छन् भन्नुभयो।

एन प्याब्सन  तारकेश्वरका सचिव समेत रहनुभएका प्रिन्सिपल अमृत भण्डारीले काठमाडौँ युनिभर्सिटीबाट  स्टिम एजुकेसनमा  एम .फिल . गर्नुभएको  छ ।  उहाँले आफ्नो विद्यालयमा विगतको समयदेखि स्टिम एजुकेसनको अवधारणालाई लागू गरेर अध्ययन अध्यापन गराइरहेको  प्रष्ट पार्नुभएको थियो। 

शिक्षा क्षेत्रमै पूर्णरूपमा समर्पित  प्रिन्सिपल भण्डारीले एक प्रश्नको जवाफमा उहाँले मन्टेश्वरी ल्याब , स्मार्ट वोर्ड, सि.सि टि.भी . व्यवस्थापन सुविधाका साथै  विद्यार्थीलाई तातो चिसो पानी उपलब्ध गराउने एक सुविधा सम्पन्न विद्यालयको रुपमा तारकेश्वरमा मेगा पब्लिक स्कुल  सायद  पहिलो   स्कुल  भएको जानकारी गराउनु भएको थियो ।

banner

अहिलेको आधुनिक युग अनुसार विद्यालयले विद्यार्थीहरूको लागि गुणस्तरीय शिक्षा प्रदान गर्दै अतिरिक्त क्रियाकलापमा  विद्यार्थीहरूलाई अवसर दिएको छ ।  भौतिक संरचनाले सम्पन्न तथा बलियो  व्यवस्थापन भएको  ,फुट्सल तथा बास्केटबल कोडदेखि लिएर बालबालिकालाई बालमैत्री वातावरणमा सिकाउने काम विद्यालयले गर्दै आएको छ ।  तालिम प्राप्त , अनुभवी तथा दक्ष शिक्षकहरूले गर्दा एस ई. ई तथा बी. ई. ई.  परीक्षामा उत्कृष्ट नतिजा मेगा पब्लिक स्कुलले  प्राप्त गरेर पढाइमा पनि  आफूलाई उत्तिकै अब्वल  सावित गरिसकेको छ । विद्यालयले आगामी दिनमा आफ्नो यो अत्याधुनिक पूर्वाधार सँगसँगै शिक्षाको क्षेत्रमा दिन प्रतिदिनअझै ठूलो योगदान दिँदै जाओस् भन्ने हामी सबैको शुभकामना ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00