काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी विवादमा जोडिएका जीबी राईले आफू जिम्मेवारी लिन र बचतकर्ताको रकम फिर्ता गर्ने पहल गर्न तयार रहेको बताएका छन्।
उनले सेतोपाटीमार्फत सार्वजनिक गरेको प्रेस नोटमा सरकारसँग सहकार्य गरी समस्याको समाधान खोज्न चाहेको उल्लेख गरेका छन्।राईले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट गएको रकमको जिम्मेवारी आफूले लिने दाबी गर्दै रवि लामिछाने र छविलाल जोशीलाई उक्त प्रकरणमा जोड्नु उचित नभएको बताएका छन्।





