Friday, June 5, 2026

हिमरश्मि  हाईस्कूलको शैक्षिक प्रदर्शनी तथा स्टिम मेला – २०८१ सम्पन्न

संयम दैनिक
0 कमेन्टहरु

२०८१ फागुन २३  गते हिमरश्मि हाइस्कुलको आयोजनामा  शैक्षिक प्रदर्शनी तथा स्टिम मेला सम्पन्न भएको छ।

स्कुल  व्यवस्थापन समितिका अध्यक्ष तथा उक्त कार्यक्रमका सभाध्यक्ष तीर्थबहादुर गुरुङ रहेको यो कार्यक्रममा प्रमुख अतिथि विभागीय प्रमुख स्टिम विभाग काठमाडौँ विश्वविद्यालयका डा विनोद प्रसाद पन्त रहनुभएको थियो। उक्त कार्यक्रममा दिगो विकासका विषयहरू  हाट बजारका विषयहरू, नृत्य , गीत -संगीतका कार्यक्रमहरू बालबालिकाले प्रस्तुत गरेका थिए। त्यसैगरी कार्यक्रममा नवीन मरासिनी स्टिम हेडले पनि बालबालिकाको अनुभवजन्य सिकाइलाई महत्वको साथ बुझ्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रोफेसर श्याम बिष्ट, काठमाडौँ जिल्ला प्याबसनका उपाध्यक्ष धनबहादुर पुन , हिसान तारकेश्वर इसिए प्रमुख राजेश रायमाझी, विभिन्न स्कुलका प्रिन्सिपलहरू भाइस प्रिन्सिपलहरु ,स्थानीय महानुभावहरु,, अभिभावकहरु ,,विद्यार्थीहरु र विभिन्न संघसंस्थाका पदाधिकारीहरुको खचाखच उपस्थितिले कार्यक्रमको महत्व अझ बढाएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि विनोद प्रसाद पन्तले बालबालिकाको  व्यावहारिक शिक्षाको महत्वमाथि प्रकाश पार्नुभएको थियो। उक्त कार्यक्रममा प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले भोलि हुने अभिभावक दिवसमा सबै अभिभावक जनहरुलाई चुली निम्तो समेत गर्नुभएको थियो।

त्यसैगरी आजको कार्यक्रममा विद्यार्थी भाइबहिनीहरूले व्यवहारिक रुपमा अभिनय गर्दै पार्लियामेन्टमा कसरी कानुन बन्छ भन्ने कुरा सभामुख र स्वयं सांसदहरु पक्ष -प्रतिपक्ष बनेर राष्ट्रपतिको भूमिकालाई समेत देखाउँदै कानुन बनाउने प्रक्रियाहरु दर्शक तथा उपस्थित पाहुनाहरूलाई प्रष्ट पारेका थिए।  अभिभावकहरूलाई पनि गेडागुडी छान्नेदेखि लिएर लक्की गेम  खेलाइएको थियो। आज पहिलो ,दोस्रो हुने अभिभावकहरुले भोलि अभिभावक दिवसको दिन प्रमुख अतिथिको हातबाट आफ्ना बालबालिकाको आउँदो सेसनमा भर्नामा पुरै छुट , आंशिक छुटका प्रमाणपत्र पाउने छन् भनी  उद्घोष गरिएको थियो । यसरी आज हिमरश्मि हाइस्कुलको प्राङ्गणमा शैक्षिक प्रदर्शनी  तथा विज्ञान र प्रविधिमा रहेर र अन्य विषयगत अध्ययनमा आधारित बालबालिकाको सिर्जना र आविष्कारलाई दिनभर अवलोकन गरिएको थियो । यो उत्सवमय प्रदर्शनी तथा स्टिम मेलामा बालबालिका तथा अभिभावकहरूले आज पूर्ण मनोरञ्जनका साथै केही शैक्षणिक लाभ उठाएको महसुस गरिएको छ। 

banner

 

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00