Tuesday, October 21, 2025

काठमाडौँ जिल्लास्तरीय प्याब्सन अन्तर – विद्यालय छात्र फुटसल प्रतियोगितामा  पिस प्वाइन्ट स्कुललाई  उपाधि

सनत आचार्य
0 कमेन्टहरु

२५ श्रावण २०८२ । काठमाडौँ

निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को , काठमाडौँ जिल्लास्तरीय अन्तर- विद्यालय छात्र फूटसल प्रतियोगिता एक समारोहका बीच  कार्यक्रम  सम्पन्न भएको छ। गत श्रावण १९ गते पत्रकार सम्मेलन गरी जानकारी गराइएको उक्त फुटसल  स्पर्धा २३, २४ र २५ गते सुकेधारास्थित बागमती बोर्डिङ स्कुलमा   सम्पन्न भएको हो ।

काठमाडौँबाट छानिएका ४५ विद्यालयमध्ये फाइनल खेलमा एक्टिभ एकेडेमीलाई पछिपार्दै पिस प्वाइन्ट स्कुलले उपाधी प्राप्त गर्न सफल भयो।प्रतियोगितामा एक्टिभ एकेडेमि द्वितीय र शुभकामना स्कुलले तृतीय स्थानमा सुरक्षित राखे। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हात पार्ने टिम  क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारका साथै  ट्रफी, मेडल र सर्टिफिकेटले परस्कृत भए। त्यसैगरी बेस्ट प्लेयरको रुपमा एक्टिभ स्कुलका विनोद बुढाथोकी र बेस्ट किपरको रुपमा सागर दर्जी तथा सर्वाधिक गोलकर्ताको रुपमा प्रज्ञान राई दुबै  पिस प्वाइन्ट स्कुलबाट  पर्न  सफल भई पुरस्कृत भएका  थिए।

काठमाडौँ महानगरको  व्यवस्थापन तथा जिल्ला प्याबसन काठमाडौँको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा विजयी  टिमलाई प्याब्सन बागमती प्रदेशका अध्यक्ष मुरारीप्रकाश सन्जेल – प्रमुख अतिथि लगायत  काठमाडौं प्याब्सनका अध्यक्ष तथा उक्त समापन कार्यक्रमका सभाध्यक्ष नवराज भट्ट, वरिष्ठ उपाध्यक्ष सुदर्शन थापा, प्याब्सनका प्राज्ञिक सल्लाहकार तथा बागमती स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र सिटौला, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रल्हाद खनाल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, काठमाडौँ जिल्ला प्याब्सन उपाध्यक्ष तथा इसिए इन्चार्ज धनबहादुर पुन, सुर्य बहादुर भण्डारी, आर .बी .अधिकारी, इशु गुरुङ तथा  काठमाडौं महानगर प्याब्सनका उपाध्यक्ष रबिन बस्नेत लगायतको  उपस्थितिले   कार्यक्रमको गरिमा बढाउनुका साथै खेलाडीहरूलाई हौसला प्रदान गरेको थियो। इसीए विभाग प्रमुख राजकुमार बोगटीले  उपस्थित अतिथि तथा  खेलाडीहरुलाई  शुभकामना व्यक्त गरेका थिए।

प्रमुख अतिथि तथा  प्याब्सन वागमती प्रदेशका अध्यक्ष मुरारीप्रकाश सन्जेलले आफ्नो शुभकामना मन्तव्यमा  रु . ५०००० – पचास हजार भन्दा बढी सहयोग गर्ने घोषणा समेत गरेका थिए । त्यसैगरी प्रमुख अतिथि  मुरारी प्रकाश सन्जेलले मन्तव्य राख्दै , खेलले विद्यार्थीको सर्वाङ्गीण विकासमा एउटा महत्वपूर्ण योगदान दिन्छ भन्दै, उनले खेल र अध्ययनलाई सँगसँगै लानको लागि विद्यार्थीलाई सुझाव दिएका थिए ।  काठमाडौँ प्याब्सनका अध्यक्ष तथा उक्त समापन कार्यक्रमका सभाध्यक्ष नवराज भट्टले पुरस्कृत विद्यार्थीलाई शुभकामना तथा हौसला प्रदान गर्दै ,उनले सबै विद्यालयले एकएकवटा खेलमा उत्कृष्टता हासिल गर्न लाग्ने हो भने राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीहरू जन्माउन सकिने संकेत गरेका थिए। उनले प्रतियोगितामा सहयोग गर्ने सबै उपस्थित महानुभावहरुलाई धन्यवाद ज्ञापन गरेका थिए। त्यसैगरी शुभकामना मन्तव्य दिनेमा शिक्षाविद डाक्टर सुरेन्द्र सिटौला तथा काठमाडौँ प्याब्सनका उपाध्यक्ष धनबहादुर पुन रहेका थिए।

८, ९, १० मा अध्ययनरत विद्यार्थी खेलाडी रहेको उक्त  स्पर्धाको समापन कार्यक्रमको  सहजीकरण  काठमाडौं महानगर प्याब्सनका सचिव एवं गण्डकी स्कुलका प्राचार्य  आर .सी . भट्टले गरेका थिए।

श्रावण २५ को त्रिदिवसीय प्रतियोगिता सम्पन्न गर्नलाई सुरक्षाकर्मी,, स्वयंसेवक, विभिन्न विद्यालयका शिक्षक, प्रिन्सिपल ,कोच -प्रशिक्षक, खेल संयोजक सुदर्शन  जमकट्टेल लगायत काठमाडौँ महानगर प्याब्सन तथा काठमाडौँ जिल्ला प्याब्सनका पदाधिकारी – कर्मचारीहरूले आफ्नो जिम्मेवारी बहन  गरी सार्थक उपस्थिति जनाउँदा फुटसल खेल र खेलाडीको  गरिमा अझैँ बढेको थियो ।

You may also like

एक टिप्पणी छोड्नुहोस्

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
-
00:00
00:00
Update Required Flash plugin
-
00:00
00:00

संयमदैनिक हाम्रो समाचार पोर्टल नेपालको समाचारको प्रमुख स्रोत हो, जहाँ तपाइँलाई सबैभन्दा ताजा र विश्वसनीय समाचार प्राप्त हुनेछ। हामी स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका घटनाक्रम, राजनीति, अर्थतन्त्र, संस्कृति र खेलका बारेमा विस्तृत जानकारी प्रदान गर्दछौं। संयमदैनिक परिवार—-

दर्ता प्रमाणपत्र नं. ४८७१ – २०८१ / २०८२

सम्पादकहरूको छनोट

नवीनतम लेखहरू

प्रकाशक तथा प्रधान सम्पादक : सनत कुमार आचार्य, सम्पादक : माया कुमारी पोख्रेल

संयमदैनिक सर्बाधिकार सुरक्षित